
एनाकासाले आयोजना गरेको एनाकासा कप क्रिकेटको उपाधि एनविएसएम एण्ड एसोसीएट्सले हात पारेको छ । शुक्रबार भएको फाइनल खेलमा बिके अग्रवाल एण्ड कम्पनीलाई हराउँदै एनबीएसएमले उक्त उपाधि हात पारेको हो । पहिले ब्याटिङ गरेको बिके अग्रवाल एण्ड कम्पनीले एनबिएसएमलाइ १०१ रनको चुनौती प्रस्तुत गरेको थियो । उक्त चुनौती निर्धारित ओभरमै पूरा गरी एनबिएसएमले उक्त उपाधि हात पारेको हो । गत बर्षको क्रिकेट प्रतियोगीतामा एनबिएसएम फाइनलमा पुगेर पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्