
हुन त त्यहि विदेश भ्रमण गर्नु , त्यहि एक दुइ वटा राम्रा क्लाइन्टलाइ ‘आफ्नो’ बनाउनु नै अध्यक्ष हुनुको मुख्य फाइदा हो । तर आइक्यानमा विद्यार्थीहरुको कन्तबिजोग हुँदा आइक्यान अध्यक्ष भने विदेश भ्रमणमा छन्। त्यसमाथि एक्लै पनि होइन, आफ्नी श्रीमतीसँगै । त्यो पनि विद्यार्थीको पैसामा । भूकम्पको मारमा परेका विद्यार्थीहरुले जोहो गरेर बल्लबल्ल आइक्यानमा तिरेको पैसाले उनी श्रीमतीसँग सिङ्गापुरमा मस्ती गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्