
बिषयमा ९१ अंक ल्याउन सफल भएका सिए आशिक आचार्यलाई उपहार स्वरूप मोटो
नेक्सस ६ मोबाइलका साथसाथै अरु थुप्रै उपहार दिईएको थियो। आशिक आचार्य सिए
फाइनल चरणका ४९ र्यांक होल्डर पनि हुन् । उनी नेपाली बिधार्थीहरु माझ
प्रेरणाका व्यक्ति बनेका छ्न् । नेपाल र घर परिवारबाट टाढा भएर पनि
भारतभरिमा नै टप लिस्टमा पर्न पाहुदा आफु निकैनै खुशी भएको बताउदै
नागेन्द्र शाहले आफुलाई पढाईमा लगनशिलताका साथ पढ्नमा निकै नै सहयोग
पुर्याएका भन्दै हृदय देखि नै प्रसंशा गरे। एकदमै सरल ढङ्गबाट पढाउने भन्दै
नागेन्द्र सरलाई आफ्नो जीवन कालखण्डमा कहिले पनिं नबिर्सने उनले सिए
सरोकारलाई जानकारी दिए। सिए सरोकारसंग कुराकानी गर्दै आशिकले नेपाली
विद्यार्थीहरु निकै नै मेहेनती भएको र सिए अध्ययनमा आएपछि आफुलाई राम्रो
तरिकाले प्रस्तुत हुन सबैलाई सल्लाह दिएका छन्।

उत्कृस्ट हुनेहरुमा सिए श्री राघवन (९० अंक), सिए मयंक गुप्ता (८९ अंक),
सिए महेन्द्र गुप्ता (८४ अंक) , सिए बिकाश दुबे (८३ अंक), सिए नेहा अग्रवाल
(८३ अंक), सिए/सियमए अन्जनी तेल्टिया (८२ अंक), सियमए शमा पर्बिन (८१
अंक), सियमए मनोज जखमोला (८१ अंक) र सियमए सद्धाम हुस्सैन (८० अंक) ल्याउने
सबैलाई सम्मान गरिएको थियो। यसरी विद्यार्थीमा हौसला बढ्ने र सिए जगतमामा
नै यसको राम्रो प्रभाव पर्ने भन्दै यस्तो सम्मानका कार्यक्रम आउदो
दिनहरुमा पनि गर्दै जाने नागेन्द्र शाहले सिए सरोकारलाई जानकारी दिए।
नागेन्द्र शाह सिए जगतमा अझ आईसीएआई अन्तर्गत शिक्षण क्षत्रमा निकै नै
लोकप्रियशिक्षक हुन् । नागेन्द्र साह पछिल्लो समयमा भारतमा निकै नै रुचाइएका नेपाली सिए हुन् ।







प्रतिक्रिया दिनुहोस्