Skip to content

पूर्वमा ‘अन्डरकटीङ’ प्रकरण, के छ पछिल्लो अपडेट ?

पूर्वका दुई उपनगरपालिकामा लेखापरिक्षण शुल्कलाई लिएर भएको  ‘अन्डरकटीङ’  भएकोबारे समाचार सिए सरोकारले प्रकाशित गरेपछी यसले नेपाली सिए बजार राम्रैसँग तातेको छ । विशेष गरी पूर्वमा भएको अन्डरकटिङलाई लिएर पूर्वमा रहेका विभिन्न सिए  तथा आरएहरुले त्यसको खुलेरै बिरोध गरेका छन् भने आईक्यानको नियम भन्दा बाहिर रहेर काम गर्न नहुने कुरामा त्यहाँका सिए तथा आरएहरु एक भएका छन् ।

यसखाले अन्डर कटीङले समग्र पेशालाई नै हानी पुर्याउने भन्दै त्यहाँका सिए तथा आरएहरुले कुनै पनि हालतमा ५५००० मा उपमहानगरपालिकाको लेखा परिक्षण गर्न नहुने तर्क राखेका छन् ।

यसै बीच सिए सरोकारको निरन्तरको फलोअपपछी कुनै पनि हालतमा ५५००० मा उक्त लेखा परिक्षणको काम गरिन नहुने र गरेमा सम्बन्धित व्यक्तिका विरुद्ध उजुरी गर्ने पूर्वका सिए तथा आरएहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।