दोश्रो बार्षिक उत्सव तथा साधारण सभा यहि सेप्टेम्बर- ६ तारिखका दिन राजाराम मोहन रोय मेमोरिअल ट्रस्ट, आइटिओमा दिनको २:३० देखि साँझ ९ बजेसम्म सम्पन्न
गर्ने भएको छ। साधारण सभासंगै विभिन्न संस्कृतिक कार्यक्रम पनि हुने र यसको लागि अहिलेदेखि नै तयारीका साथ अघि बढिरहेको संस्थाका सचिव अमित खत्रीले सीए सरोकारलाइ जानकारी दिएका छन्।
खुल्ला मतदानको मध्यमबाट चुनिने छ। हालसम्म दिल्लीमा रहेका सम्पूर्ण नेपाली विद्यार्थी संगठनहरुले आफ्ना प्रतिनिधिहरु
कोठाको चार पर्खाल भित्र मात्र सिमित रहेर मिलेमतोमा चुन्ने गरेको र यसरी चुनिएका
प्रतिनिधिहरुले सम्पूर्ण बिध्यार्थीहरुको भावना समेट्न नसक्ने हुनाले संस्थाले खुल्ला मतदानबाट नै प्रतिनिधि चुन्ने बताएका छन्।
यसका साथै संस्थाको उच्च ५ प्रतिनिधि
हुनको लागि दिल्लीमा अध्ययन गर्दै आएका विद्यार्थी जसले न्यूनतम ६ महिना संस्थासँग आबद्ध रहेर विद्यार्थीहरुको हकहितका लागि काम गरेको हुनुपर्ने भएपनि मतदान गर्नको
लागि र ५ उच्च प्रतिनिधि बाहेक अन्य सदस्य समितिका लागि दिल्लीमा बसेर अध्ययन गर्ने सम्पूर्ण बिध्यार्थीहरु मान्य हुने पनि उनले सीए
सरोकारलाइ जानकारी गराए।
ज्ञवालीले सीए सरोकारलाइ जानकारी गराएका छन्।
प्रतिक्रिया दिनुहोस्