Skip to content

लक्ष्मीनगरमा सिए विद्यार्थीहरुद्वारा ‘वि फाइन्यान्स’ संस्था बिस्तार

ऋषिराम अधिकारी 
दिल्ली ब्युरो, सिए सरोकार  


नेपाली सीए   विद्यार्थीहरुको बाहुल्यता रहेको नयाँदिल्ली, लक्ष्मीनगरमा नेपालीविद्यार्थीहरुको आर्थिक समस्यालाइ
मध्यनजर गर्दै
 सीए
अध्ययन गरिरहेका
केहि
विद्यार्थीहरुको समूहले “वि फाइन्यान्स” नामक एक संस्थाको स्थापना
गरेका छ। 

आर्थिक समस्यामा परेका नेपाली विद्यार्थीहरुलाइ छोटो समयका
लागि ऋण मार्फत
आर्थिक सहयोग गरिने हेतुले गत जुलाई १२ तारिकमा संस्थाको स्थापना गरिएको
हो । यस संस्थाले
८% न्यूनतम ब्याजदरमा ऋण प्रधान गर्दै आएको भएपनि ऋण लिएको १० दिनभित्र
पैसा फिर्ता
गरेमा कुनै पनि  ब्याज नलिने पनि संस्थाका संस्थापकले सीए
सरोकारलाइ
जानकारी गराएका छन्।

 सानो पुंजी र थोरै सदश्यका साथ  स्थापना भएको
भएपनि छोटो समयमा नै १२ भन्दा धेरै
विद्यार्थीहरुलाइ ऋण प्रधान गरीसकेको ‘वि फाइन्यान्स’ लाइ निकट भबिष्यम अझै ब्यबस्थित
रुपमा विस्तार गर्ने संस्थापकहरुको सोच समेत रहेको संस्थाका संस्थापक
सदक्ष्य सन्तोष
आचार्यले सिए सरोकारलाई जानकारी गराएका छन् । 

“नेपालबाट टाढा रहेर अध्ययन
गर्नुपर्ने र अरु देशमा अरु बिषय जस्तो आफ्नो लागि आफैले कमाएर पढ्न पनि नसकिने
हुँदा लक्ष्मीनगरमा रहेर सीए पढ्ने
विद्यार्थीहरुका लागि आर्थिक समस्या निकै नै
जटिल समस्या रहेको र यो समस्या आफुले पनि भोग्नु परेको हुँदा हामीले यो सानो सहयोगी
कदम चलेका हौँ!” भनेर 
संस्थाका अर्का संस्थापक हिमाल अर्यालले सिए सरोकारलाई बताए। 

यसैगरी ‘वि फाइन्यान्स’
हरेक नेपाली
विद्यार्थीहरुसम्म पुग्न र चाहिएको खण्डमा सक्दो ऋण सहयोग गर्न तत्पर
रहेको पनि उनले बताए। हाल यस संस्थाका संस्थापक सदस्यहरुमा दीपेन्द्र पौडेल
,
हिमाल अर्याल, रितेश श्रेष्ठ, सन्तोष आचार्य र सुशील पौडेल गरि ५ सदस्य  रहेका छन् । 




प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।