Skip to content

सिए शिव नाथ पाण्डे राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

सिए शिव नाथ पाण्डे राष्ट्र बैंकको  कार्यकारी निर्देशकमा बढुवा भएका छन्।  बिगत लामो समय देखि बैङ्किङ्ग क्षेत्रमा कार्यरत रहेका पाण्डे रास्ट्र बैकको कार्यकारी निर्देशक पदमा बढुवा भएका हुन्।  उनको बढुवासँगै नेपाली सिए बजारमा खुसीयाली छाएको छ।  रास्ट्र बैंकको कार्यकारी निर्देशक जस्तो गरिमामय पदमा चार्टड एकाउन्टेन्ट पुग्नु निकै नै खुसीको कुरा भएको सरोकारवालाहरु बताउँछन्। 
यसै बीच उनी बढुवा भएपछि उनलाई बधाई दिन सिएहरुको ओहिरो लागेको छ।  आइक्यानका पूर्व अध्यक्ष मधुवीर पाण्डे , महेश गुरागाई, एक्यानका अध्यक्ष भरत रिजाल, सिए दीपक पाण्डे, सुधिर शर्मा लगायतकाले उनलाई सामाजिक संजाल मार्फत बधाई दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।