Skip to content

बाणिज्य बैंकमा चार्टर्ड एकाउन्टेन्टको माग

सम्बन्धित पदका लागि जुन ठाउँका लागि कर्मचारी माग गरिएको हो, त्यहीँ ठाउँमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ । सम्बन्धित क्षेत्रको क्षेत्रीय कार्यालयबाट अावेदन फर्म लिन सकिने छ ।  लिखीत परीक्षा र अन्तर्वार्ताबाट उमेद्वारको छनौट गरिने छ ।

लोक सेवा अायोगका प्रतिनिधि सम्मिलित समितिले परिक्षा लिने भएकाले कसैको भनसुनमा बैंकको जागरिमा नपाइने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्मा बताउँछन् । सबै अावेदकलार्इ खरो प्रतिस्पर्धामा उत्रिन सक्नेगरी पढ्न शर्माको अाग्रह छ ।

बैंकले मंगलबार एक सूचना प्रकाशित गरी सूचना प्रविधि समूहका लागि आठ तहको एक प्रबन्धक, सात तहका लागि प्रशासनतर्फ लेखा समूहका लागि पाँच जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ ।

त्यसैगरी, प्रशासनतर्फ ६ तहमा ७५ र विराटनगर तथा भद्रपुरमा १२ जना, वीरगञ्जमा आठ जना, काठमाडौंमा ३५ जना, पोखरामा १० र नेपालगञ्जमा १० जना कर्मचारी माग गरिएको हो । बैंकले अावेदन मागेको जागिरमा प्रतिस्पर्धा गर्न अावेदकहरूले व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर उत्तिर्ण भएको हुनु पर्छ ।

त्यसैगरी, बैंकले प्रशासन सेवातर्फ पाँच तहका लागि विराटनगर तथा भद्रपुरका लागि आठ जना, वीरगञ्जमा सात जना, पोखरामा आठ जना र नेपालगञ्जमा आठ जना गरी ३१ जना को माग गरेको छ । स्नातक उत्तिर्णले अावेदकले यी पदका लागि आवेदन दिन सक्ने छन् ।

त्यस्तै, बैंकले सुचन प्रविधितर्फ तह पाँचका लागि १० जना कर्मचारी माग गरेको छ । तह तीनका लागि प्रशासनतर्फ ७३ जना कर्मचारी माग गरिएको छ । यसका लागि प्रमाणपत्र तह उत्तिर्ण हुनु पर्ने छ ।
निकट भविष्यमै राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणका लागि चुक्ता पुँजीको २५ प्रतिशत सेयर जारी गर्ने भएको छ । अनलाइन खबरबाट ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।