Skip to content

एक्यान र एनाकासाले संयुक्त रुपमा रक्तदान कार्यक्रम गर्दै

नेपाल चार्टड एकाउन्टेन्ट्स संघ एक्यान र एनाकासाले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।  एक्यानले ई-मेल मार्फत सिए सरोकारलाई उक्त जानकारी दिएको हो। भोलि अर्थात जेष्ठ १३  गते बुधबारका दिन, बिहान ९ :३० बजे देखि १:३० बजेसम्म काठमाडौँको भृकुटी मण्डपमा उक्त कार्यक्रम आयोजना हुने एक्यानले बताएको छ। गत बैसाखमा गएको विनासकारी भूकम्पमा परी पिडित भएकाहरुका लागि बजारमा रगतको कमी भएको जानकारी आएपछी बिधार्थी सङ्गठनसंग मिलेर रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको यस अघि सिए रुपेश गैह्रेको शोक सभामा एक्यानका अध्यक्ष भरत रिजालले बताउनु भएको थियो। 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।