Skip to content

सिए सरोकारले संकलन गरेको राहत सामाग्री वितरण

सिए सरोकारले संकलन गरेको राहत सामाग्री पिडित समक्ष पुर्याईएको छ।  शनिबार सिन्धुपाल्चोकको नेपाने गाउँ पुगी संकलित राहत सामाग्री पिडितलाई वितरण गरिएको हो।  नेपाने गाबिसका १२७ धुरीलाई पुग्ने गरी राहत सामाग्री वितरण गरिएको हो। नेपाल चार्टड एकाऊन्टेन्ट्स संघका महासचिव सिए रमेश धितालको विशेष संयोजन र  स्थानीय बासीको संयोजनमा राहत वितरण कार्यक्रम सम्पन्न भएको हो।
 
राहत वितरण कार्यक्रममा चामल, दाल चाउचाउ, चिउरा, बिस्कुट लगायतका सामाग्री वितरण गरिएको थियो।  स्थानीय अगुवाको सक्रियतामा काठमाण्डौमा संकलित सामाग्री वितरण भएको हो।  नेपाने गाउँका सबै घर भत्किएका छन् भने कयौं चौपाया मरेका छन्।  गत शनिबार आएको महाँ भूकम्पका कारण सबैजसो गाउँले त्रिपाल मुनी बस्न बाध्य छन्।
 
सिए सरोकारले विभिन्न सिए इन्स्टिच्युटहरु, सिए तथा सिए बिधार्थीहरुबाट राहत संकलन गरेको थियो। सिए सरोकारले सुरु गरेको राहत सामाग्री संकलन अभियानमा सिए क्षेत्रका धेरै सरोकारवालाहरुले खुलेरै सहयोग गर्नु भएको थियो।  
सिए रमेश धिताल , सिए हुकुम पहाडी , सिए बिधार्थी आनन्द धिताल र सिए सरोकारका प्रधान सम्पादक सुरज प्याकुरेल सहित काठमाण्डौमा बसोबास गर्ने नेपाने गाउँका स्थानीयबासी सहितको टोली नेपाने गाउँ पुग्दा  स्थिति निकै दर्दनाक देखिन्थ्यो।  सबैका घर लडेका छन् भने सरकारी राहत सामाग्री सम्बन्धित ठाउँमा पुगेको छैन।  प्राय: सबैका चौपाया मरेका छन् भने कयौं केटाकेटी, तथा बुढाबुढीको मृत्यु भएको छ।  त्रिपाल मुनि नै किरिया बसिरहेको दृश्य एकातर्फ निकै नै कारुणिक थियो भने राहत सामाग्रीको प्रतीक्षामा बसेका जनताहरुको दुख उस्तै थियो।
 
काठमाडौँ देखि नेपाने गाउँमा राहत सामाग्री पुर्याउन पनि कम तनाव भने भएन।  ठाउँ ठाउँमा कतिपय स्थानीयले राहत लुट्ने गरेको खबर सार्वजनिक भईरहेका बेला सिए सरोकारले संकलन गरेको राहात सामाग्री सम्बन्धित ठाउँमा पुर्याउन प्रहरीले स्काटिंङ समेत गरेको थियो।  अन्ततः प्रहरीको सहयोगका कारण बिहान करिव १० बजे राहत सामाग्री सिन्धुपाल्चोकको नेपाने गाउँमा पुग्यो।   
राहत वितरणको  अर्को पक्ष अझ डरलाग्दो बन्यो।  राहत सामाग्री वितरणकै क्रममा एकास्सी अर्को भूकम्पको 
धक्का महसुस हुँदा स्थिति निकै नै त्रास पूर्ण भएको थियो।  केहि समयपछी पुन : राहत सामाग्री वितरणको कार्य सुरु भएको थियो। नेपाने गाउँमा अझै भूकम्पका झड्काहरु बारम्बार आईरहेका छन्।
सिए सरोकारले संकलन गरेको राहत रकम गाउँमा पिडितहरुको स्थिति बुझेर गरिएको थियो।  कुन् घरमा कति जना छन् भन्ने तथ्यांक संकलन गरी सम्बन्धित परिवारका पिडित समक्ष राहत वितरण गरिएको थियो। तथ्यांक संकलन मा स्थानीय अगुवाले निकै नै सहयोग गरेका थिए।
सिए सरोकार ले पुन : अर्को सहयोग चाडैं नै गर्दैछ।  पहिलो चरण को राहत वितरण को कार्यक्रम निकै नै सफल भए पछी अन्य पिडित ठाउँ हरु मा राहत लैजाने सिए सरोकार का प्रधान सम्पादक सुरज प्याकुरेल को भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।