आज आयोजना गरेको एनएफआरएस सम्बन्धि विशेष ओर्कशपको राष्ट्र बैंकका
नवनियुक्त गवर्नर डा. चिरन्जीवी नेपालले उद्घाटन गर्नुभएको थियो।
कार्यक्रममा आईक्यान अध्यक्ष नरेन्द्र भट्टराई पनि अथितिका रुपमा उपस्थित
हुनुहुन्थ्यो।
डा. नेपालले आफ्ना भनाईहरु राख्नुभएको थियो। देश निर्माणमा सिएहरुको
भूमिका निकै नै उल्लेखनीय भएको बताउंदै उहाँले केन्द्रीय बैंकमा पनि थप
सिएहरुको आबश्यकता भएको बताउनुभएको छ। कुनै पनि ब्यबसाय वा सरकारी निकायको
सुधार तथा प्रगतिका लागि सिएहरुको भूमिका निकै नै उल्लेखनीय भएको
बताउंदै उहाँले एक्यानले आयोजना गरेको ओर्कशपको सफलताको शुभकामना समेत दिनुभएको
थियो।
आयोजना गरेको कार्यक्रममा हालसालै स्वर्गीय हुनुभएका पूर्व प्रधानमन्त्री
सुर्य बहादुर थापालाई श्रद्दान्जली स्वरुप एक मिनेट मौन धारण समेत गरिएको
थियो। कार्यक्रममा कर फर्च्युट आयोगका तर्फबाट सिए एलडी महतले पनि आफ्ना
भनाईहरु राख्नु भएको थियो।
अन्य कार्यक्रमका तुलनामा आजको कार्यक्रममा संचारकर्मीहरुको पनि उल्लेखनीय
उपस्थिति थियो। विभिन्न टेलिभिजन , पत्रिका तथा अनलाईनबाट आएका
पत्रकारहरुको पनि कार्यक्रममा उल्लेखनीय उपस्थिति देखिन्थ्यो। यस अघि सिए
सरोकार लगाएत केहि संचारगृहहरुले मात्र एक्यानको कार्यक्रमलाई प्राथमिकता
दिने गर्दथे।
एक्यानका अध्यक्ष भरत रिजालले सरकारी निकायहरुमा सिएहरुको भूमिका
बढाउनु पर्नेमा जोड दिनुभएको थियो। भर्खरै बढेको लेखापरिक्षण शुल्क स्वागत
योग्य भयेको बताउंदै उहाँले यसका लागि सहयोग गर्ने राष्ट्र बैंकलाई पनि
संघका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उहाँले
नवनियुक्त गवर्नर डा. नेपाललाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको
थियो।
आईक्यानका अध्यक्ष नरेन्द्र भट्टराईले पनि एक्यानको कार्यक्रमको सफलताको
शुभकामना ब्यक्त गर्नुभएको थियो। बिगतमा एक्यानमा आफुले दिएको योगदानको
स्मरण गर्दै उहाँले ओर्कशपमा शहभागीहरुले आइएफआरएसको कार्वानायन गर्न
महत्वपूर्ण भूमिका निभाउने बताउनु भएको थियो।
एक्यानका उपाध्यक्ष किरण डंगोलले उपथित सहभागी तथा आमन्त्रित अथितिहरुलाई
धन्यबाद ज्ञापन गर्नुभएको थियो भने एक्यानका महासचिव रमेश धितालले
कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रममा ८० बढी सहभागीहरुको
उपस्थिति थियो।
भिभिन्न सिए फर्म तथा विभिन्न संघ संस्थाहरुमा कार्यरत सिएहरुको सहभागिता
थियो। कार्यक्रम पछी आज नै एक्यानले बेलुका शुभकामना आदान प्रदान गर्ने
कार्यक्रम छ। एक्यानले नव बर्ष २०७२ सालको शुभकामना स्वरूप आज बेलुका एक विशेष रात्रीभोज कार्यक्रमको आयोजना गरेको छ।
सदश्यहरुलाई समय समयमा आबश्यक पर्ने विभिन्न तालिम, शुभकामना आदान प्रदान
कार्यक्रम लगायतका विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ। एक्यानले
आयोजना गर्ने हरेक जसो कार्यक्रममा उल्लेखनीय सहभागीहरुको उपस्थिति हुने
गरेको छ।
प्रतिक्रिया दिनुहोस्