आईक्यानको चुनावमा अडानका तर्फबाट चार उमेद्वारको घोषणासंगै अडान बाहिरबाट पनि केहि आरएहरु उमेद्वारका रुपमा उठेकोबारे सिए सरोकारसंग कुराकानी गर्दै आरए मोहन राज रेग्मीले अडान भित्र कुनै पनि बिबाद नरहेको स्पष्ट पार्नुभएको छ। पेसागत हक हितका लागि अडान सधैं नै लागिरहेको र लागिरहने बताउंदै उहाँले अडान बाहिरबाट पनि उमेद्वारी आएको कुरालाई लिएर अडान भित्र बिबाद छ भन्नु गलत भएको बताउनुभएको छ। नेपाल अदिटर्स एसोसिएसन (अडान ) नेपाली लेखा व्यवसायीको हक, र हितका लागि बिगतमा पनि लडेको र आबश्यक परेको खण्डमा आउने दिनहरुमा पनि लड्ने बताउंदै उहाँले देशभर रहेका अधिकांस आरएहरु आफ्नो पक्षमा रहेको दावी गर्नुभएको छ।
अडान बाहिरका उमेद्वार बारे के भन्छन् रेग्मी ? : अडान बाहिर बाट समेत आईक्यानको चुनावका लागि उमेद्वारी परेकोबारे मोहन राज रेग्मीले अडान बाहिरका उमेद्वारहरुको ५ % पनि भोट नआउने दावी गर्नु भएको छ। देशभर रहेका आफ्ना सदश्यहरुलाई आफुहरुले कस-कसलाई चुनावमा कुन् कुन नम्बरको भोट हाल्ने बारे बताइसकेकाले अडान बाहिरबाट उमेद्वारी दिने कसैले पनि चुनाव नजित्ने बताउनुभएको छ। अडानले चयन गरेका चारै उमेद्वारहरुको जीत निश्चित रहेकाले अडानका चार बाहेक अरु उमेद्वारहरुले ५ % पनि मत नपाउने आरए रेग्मीको दावी छ।

आफ्ना सदश्यहरुलाई फलानोलाई भोट हाल भन्ने हाम्रो अधिकार छ : रेग्मी : “पत्रिका मै सुचना छापेर फलानोलाई एक नम्बर भोट देउ भन्नु मतदाताले आफुले चाहेको उमेद्वारलाई भोट हाल्न पाउने अधिकारको हनन भएन र ?” भन्ने सिए सरोकारको प्रश्नको उत्तर दिंदै रेग्मीले आफ्ना सदश्यहरुलाई कुनै पनि सुचना दिन वा सहयोग गर्ने लबिंङ गर्ने अधिकार संस्थासंग भएको स्पष्ट पार्नु भएको छ। “निर्वाचनको कुन् आचार संहिता ले हामीले गरेको कामलाई गलत भन्ने बताउँछ ? कुन नियमको कुन पानामा यस्तो गर्न हुँदैन भनेर लेखको छ , भन्नुस , हामी कुनै पनि कारवाही भोग्न तयार छौं ” मोहन राज रेग्मीले सिए सरोकारलाई बताउनुभयो।
जमानत राख्नु पर्ने नियमहुनु पर्यो : “५ % भोट पनि नल्याउने अनि जथाभावी भन्दै हिड्ने ? अव जमानत राख्नु पर्ने नियम ल्याउनु पर्छ। कम्तिमा त्यसो गर्यो भने उमेद्वारी भनेको के हो भन्ने सबैले बुझछन् ” मोहन राज रेग्मीले कडा टिप्पणी दिंदै थपे ” एक प्लेट म:म खाको भरमा उमेद्वारीको गफ दिनेहरुलाई सचेत गराउन पनि कम्तिमा एक लाख रुपैयाँ जमानत राख्नु पर्ने र ५ % भन्दा कम भोट आए जमानत जफत हुनु पर्ने नियम ल्याउन अडानले अव आईक्यान लाई झकझकाउने बताउनु भएको छ ।
अडान भित्र कुनै पनि खालका बिबाद छैन : रेग्मी : अडान बाहिरका आरएहरुले पनि उमेद्वारी दिएका छन्, अडान भित्र बिबाद चुलिएको हो ? भन्ने सिए सरोकारको प्रश्नको उत्तर दिंदै उहाँले अडान भित्र कुनै पनि खालका बिबाद नभएको बताउंदै २ -४ जना बिरोधिहरुको कुरा सुनेर अडान भित्र बिबाद छ भन्नु भ्रम को खेती मात्र भएको बताउनु भएको छ। आफुहरुले सकेसम्म निर्विरोध रुपमा आरएहरुका तर्फबाट काउन्सिल चुनावमा आफ्ना प्रतिनिधिहरु पठाउन खोजेको भए पनि अडान बाहिरका कतिपय आरएहरुले त्यस्तो हुन नदिएको बताउनु भएको छ। तर चुनाव भने कुनै पनि हालतमा आफ्नै उमेद्वार हरुले जित्ने उहाँको दावी छ।
प्रतिक्रिया दिनुहोस्