सन् २००१ देखि इंग्ल्याण्डमा सिए प्राक्टिस गर्दै आएका ओझाले एजुकेशन यूके नेपाल नामक संस्था छिट्टै च्यारिटीमा दर्ता गरि शैक्षिक विकासमा योगदान दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । उक्त च्यारिटी दर्ता गरेर श्री जनता माध्यमिक विद्यालय इटहरीका लागि शैक्षिक प्रोजेक्ट जस्तै कम्प्युटर, विज्ञान प्रयोगशालाका लागि आवश्यक सामाग्री, पुस्तकालय, खेल सामाग्री आदिमा सघाउने उनको लक्ष्य छ । हाल प्रवासमा रहेका त्यस स्कुलका भूतपूर्व विद्यार्थीहरुले च्यारिटी संस्थाका लागि सहयोग गर्ने अपेक्षा ओझाको छ ।

प्रतिक्रिया दिनुहोस्