सबैभन्दा जेठो सिए पढाउने संस्था सीएआईले सीएआईबाट उतिर्ण सिए तथा
बिधार्थीहरुलाई सम्मान गरेको छ। गत शनिवार बागबजारको सिटि म्याक्स सिनेमाको
सेमिनार हलमा सम्पन्न भएको उक्त कार्यक्रममा सीएआईबाट उतिर्ण सिएहरु तथा
सीपीटि , क्याप वान र क्याप टु उतिर्ण बिधार्थीहरुलाई सम्मान गरीएको थियो।
कार्यक्रममा सीएआईका शिक्षकहरुको समेत उल्लेखनीय उपस्थिति थियो।
सम्मानित सिए तथाहरुले सीएआईका बारेमा चर्चा गर्नु भएको थियो। गुणस्तरीय
सिए सिक्षामा सीएआईको योगदान उल्लेखनीय भएको बताउंदै बिधार्थीहरुले आफ्नो
करियरमा सीएआईले गरेको सहयोग निकै नै सराहनीय भएको बताएका थिए।
कार्यक्रममा सीएआईका सिक्षकहरुले समेत मन्तब्य राख्नुभएको थियो।

गरेको उक्त कार्यक्रममा सीए आईमा अध्ययनरत बिधार्थीहरुले विभिन्न
सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरेका थिए। कार्यक्रममा विभिन्न
नृत्य, हास्य व्यंग्य कार्यक्रम, तथा गीति कार्यक्रम देखाईएको थियो।
बिधार्थीहरुका प्रस्तुतिलाई उपस्थित सबैले निकै नै रमाईलो मानेका थिए।

बिधार्थीहरुले प्रस्तुत गरेका विभिन्न नृत्यहरु निकै नै रुचाईएको थियो।
विशेष गरी सीएआईका बिधार्थीहरुले प्रस्तुत गरेका ‘मलाई पुगेन यो बैंशले’ र
‘जालमा ‘ सिर्षकको गीतमा प्रस्तुत भएका नृत्यहरु निकै नै रुचाईएका थिए।
प्रस्तुत भएका विभिन्न गीतहरु पनि निकै रुचाई एका थिए। विभिन्न समुहमा
प्रस्तुत भएका प्रस्तुतिहरुमा नेपाली तथा हिन्दी गीतहरु प्रस्तुत भएको
थियो। कार्यक्रममा गीत प्रस्तुत गर्ने बिधार्थीहरुले पनि सफल
बिधार्थीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो।
प्रस्तुत भएको अर्को एक नृत्य ले पनि उपस्थित सबैको मन जितेको थियो।
हिन्दी भाषाका ५ बढी गीतहरुलाई संयोजन गरी तयार गरिएको गीति सामाग्रीमा
प्रस्तुत गरीएको नृत्य पनि निकै नै सुन्दर थियो। उक्त नृत्यलाई
उपस्थितहरुले खुलेरै प्रशंसा गरेका थिए।
सीएआईका अध्यक्ष बाल चन्द्र श्रेष्ठले समापन मन्तब्य दिंदै सफल सबै
बिधार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो। गुणस्तरीय सिक्षा प्रदान
गर्न सीएआई सधैंनै लागिरहेको उल्लेख गर्दै उहाँले बिधार्थीहरुले प्रस्तुत
गरेको नृत्य, गायन तथा अन्य प्रस्तुती हरुको पनि प्रशंसा गर्नु भएको थियो।
प्रतिक्रिया दिनुहोस्