
नेपालका पहिला चार्टड एकाउन्टेन्ट सिए कुवेर शर्माले आफ्नो लेखा ब्यबसायको ५०औं बर्ष पूरा गर्नुभएको छ। आज होटल सोल्टीमा आयोजना भएको एक कार्यक्रमका बीच उहाँको नेपाली लेखा ब्यबसायसंगको ५०औं बर्षगांठ धुमधामका साथ मनाइएको छ। नेपाली लेखा व्यवसायमा निकै नै शालीन व्यक्तिका रुपमा परिचित सिए कुवेर शर्मा हाल कुवेर एण्ड कम्पनीमा आबद्द हुनुहुन्छ। आज आयोजना भएको एक कार्यक्रमका बीच नेपाली लेखा व्यवसायका चर्चित व्यक्तित्वहरुले उहाँको ५०औं वर्षगांठका अवसरमा बधाई तथा शुभकामना दिंदै उहाँलाई सम्मान समेत गर्नुभएको थियो।

५० औं बर्ष गांठ मनाउन आयोजित एक कार्यक्रममा आईक्यान अध्यक्ष नरेन्द्र भट्टराइ , एक्यान अध्यक्ष भारत रिजाल , कुवेर शर्माका पार्टनर जगदीश भट्टराई , सिए मनोज कार्की लगायतले उहाँलाई बधाई तथा शुभकामना दिनु भएको थियो भने आईक्यानका प्रथम अध्यक्ष के बि चित्रकार , बरिस्ट सिए तिर्थ राज उपाध्याय र हालसालै एनकासाका अध्यक्ष बन्नुभएका अनिल आचार्य र सिए बिधार्थी सामोदर पौडेलले उहाँलाई सम्मान गर्नुभएको थियो। कार्यक्रममा एक्यान अध्यक्ष भारत रिजालले नेपाली लेखा व्यवसायका हितमा कुवेर शर्माको कार्यको चर्चा गर्नु भएको थियो भने आईक्यान अध्यक्ष नरेन्द्र भट्टराईले हालसालै बढेको अडिट शुल्कका बारेमा चर्चा गर्दै नेपाली लेखा व्यवसायमा कुवेर शर्माले दिनुभएको योगदानको चर्चा गर्नुभएको थियो।
यस्तो छ सिए कुवेर शर्माले दिनुभएको मन्तब्य : आदरणीय आइक्यानका सभापतिज्यु, यहाँ हाम्रो निमन्त्रणा स्युकार गरी पाल्नुभएका सफल व्यक्तित्वहरु , हाम्रा पेसाका चार्टड एकाउन्टेन्ट साथीहरु तथा पत्रकार बन्धुहरु , पेशामा ५० वर्ष बितेको मैले त पत्तो पाइन। यो उमेरमा मैले शुभचिन्तक साथिभाइबाट धेरै
सद्भाव र सहयोग पाएको छु। उहाहरुको हार्दिकताकाका कारण मलाइ लाग्छ आजका दिनसम्म लेखा परिक्षण र परामर्श सेवा दिन सकेको छु। मैले मेरा साझेदार साथी जगदीश भट्टराइ र मनोज कार्कीको कडा परिश्रम , लगन र गहनतम बिषयगत ज्ञानको मद्धत पाएको छु।
आजको नेपालमा प्रतिस्पर्धा हरेक क्षेत्रमा बढेको छ। नेपाली सिएहरुले आफ्नो पेसामा बहुरास्ट्रीय बिदेशी फर्महरुसंग कतै मिलेर, कतै प्रतिष्पर्धा गरेर काम गर्नुपरेको छ। बहुरास्ट्रीय फर्महरुसंग पुंजी र जशक्तिको निकै ठुलो बल हुन्छ।
हामी नेपालमा थोरै पारिश्रमिक लिएर धेरै झिना मसिना र झन्झटिला काम गर्छौं। पारिश्रमिक पनि कम पाउनाले भड्किलो अफिस र उच्च प्रतिभा भएका सहयोगि राख सक्दैनौ। हाम्रो मजबुरीप्रति अनुदारता देखाउंदै हाम्रो काममा गुणस्तर नभएको बिचार ब्यक्त गरिन्छ। अन्य क्षेत्रका नेपालीमा भएको कमजोरी हाम्रा पेसाका साथिहरुमा र ममा पनि छैन भन्न सकिन्न। मैले यहाँ भन्नु पर्दा हाम्रो देशमा बिकाशको गति बढाउन हामी सबैले आफ्नो काम इमान्दारी पूर्वक छिटो छरितो समयमा सक्ने बाणी बसाल्नु पर्दछ। कवि भानुभक्तले मुद्धा खेप्दा “भोलि” नभन्नुहोस भनी त्यस बेलाका हाकिमहरु समक्ष बिन्ति चढाएका थिए। भानुभक्तका कृतिहरु नपढ्ने नेपाली विद्वान कमै होलान। तर आजसम्म भोलि भन्ने कर्मचारीहरुले ‘भोलि’ भन्नु भ्रस्टाचार हो भन्ने मानेका छैनन्।
प्रबिधिको बिकासले अड्डाखानाका कामहरुमा पनि गति थपिनु पर्ने हो। जंगबहादुरका पालाका एन कानुन खातापाता फारमहरुले अफिसका कम्प्युटरहरु भरिएका छन्। नेपाल सरकारले कार्य प्रणाली, लेखा प्रणालीमा सुधार ल्याएर आजको काम आजै र भोलीको काम भोलि नै सक्ने किशिमको निर्देशिका बनाउनु पर्दछ। यस कामका लागि बिकशित देशहरुमा अपनाएका श्रेता र कार्य प्रणाली नेपालमा पनि बनाउनु पर्दछ। दुखकाका साथ भन्नु पर्दछ , नेपाल अनुरुप त्यस्तो प्रणाली बनाउन र लागु गर्न बिदेशी परामर्श दाता नै ल्याइनन्छ।
बिकाशका मोडेलहरु पनि नक्कल गर्ने चलन छ। सिंगापूर, मलेसिया र दक्षिण कोरियाका मोडेलहरु अध्ययन गर्दा त्यहाँ बलिया नेताले लामो समयसम्म शाशन गरे। कठोरताका साथ बिकाशका आयोजनाहरुलाई लक्ष अनुरुप सम्पन्न गरे। भ्रस्टाचार नरोके पनि बिकासको गति धिमा हुन दिएनन्। चिनिया मोडेल हेर्ने हो भने क्रान्ति पछिका नेताहरुले एकजोर लुगा दिएर र एक मग ढिंडो खुवाएर जनशक्ति परिचालन गरेर लक्ष अनुरुपको बिकाश हाँसिल गरे। आज ६५ वर्षपछी चीन संसारको आर्थिक महासक्ति भएको छ।
हामीले मेलम्ची खानेपानी , तामाकोशी , सेती जलबिधुत आयोजना , बैकल्पिक अन्तरास्ट्रिय बिमान स्थल , तराइ जोड्ने द्रुत मार्ग , लुम्बिनी तिर्थस्थल लगायतका रास्ट्रीय गौरवका आयोजनाहरुलाई समयबद्ध रुपमा सम्पन्न गर्न सबैको प्रतिबद्धता आबश्यक छ। अन्त्यमा भगवान पशुपतिनाथले हामी सबैलाई सदबुद्धि दिउन्।
प्रतिक्रिया दिनुहोस्