Skip to content

बढ्दैछ ‘अडिट फि’

आईक्यानले
आर्थिक वर्ष २०७२ देखि लागु हुनेगरी लेखापरीक्षण शुल्क बढाउने भएको छ। 
केहि दिन अघि बसेको आईक्यानको काउन्सिल बैठकमा अडीट फि बढाउने एजेन्डामा
छलफल भएको बुझिएको छ।  तर फि कति बढ्यो वा त्यस सम्बन्धि अन्य जानकारी भने
औपचारिक रुपमा आगामी काउन्सिल बैठकमा निर्णय हुने बुझिएको छ।  अडीट फि
बढेको औपचारिक निर्णय काउन्सिलबाट भइसके पछी पत्रकार सम्मेलन गरी यसबारे
जानकारी दिने समेत बुझिएको छ।  बिगत लामो समयदेखि अडिट फि बढ्ने कुरा
चलेपनि यसबारे खास निर्णय हुन सकेको थिएन।  पछिल्लो समयमा निकै नै कम
शुल्कमा समेत अडिटिंगका लागि बिडिंग भइरहेको गुनासो बढिरहेका बेला यो
समाचार धेरै सिएहरुका लागि सुखद् समाचार हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।