लेखा ब्यवसायसँग सरोकार राख्ने जो कोहीका लागि अहिलेको तातो खबर बनेको छ ‘ लेखापरिक्षकहरुको आन्दोलन । बिशेष गरी एभेरेस्ट इन्सुरेन्सका लेखापरिक्षकलाई सिआइबिले पक्राउ गरेपछी लेखा ब्यबसायीहरु संस्थागत रुपमा आन्दोलित छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) र नेपाल अडिटर्स एसोसिएसन (अडान) ले केही समय यता आन्दोलनका बिभिन्न कार्यक्रमहरु गरिरहेको छन् । आन्दोलनका कार्यक्रम अन्तर्गत नै गत शुक्रबारबाट लेखा परिक्षण र प्रमाणिकरण सम्बन्धी सम्पूर्ण काम अहिले ठप्प छन् । एक्यान र अडानका अनुसार आइक्यानको क्षत्राधिकार हनन भएको भएपनि आइक्यानले आफ्नो अस्तित्व रक्षाका लागि चालेका कदमहरु अपर्याप्त छन र त्यसले सम्पूर्ण लेखा ब्यवसायलाई नै धरापमा पारि रहेको छ । यता आइक्यानले केही सकारात्मक कदम चाले पनि त्यो सम्पूर्ण लेखा ब्यवसायका प्रति अपर्याप्त भएको एक्यान र अडानले केही समय अघि आयोजित पत्रकार सम्मेलनमा बताइसकेका छन् । आईक्यानका कदमहरु अपर्याप्त भएको भन्दै एक्यान र अडानका सदश्यहरुले पेसागत प्रमाणपत्र (सिवोपी) हरु एक्यान र नेपाल अडानमा बुझाईसकेका छन् भने त्यसको विवरण आईक्यानमा बुझाईसकिएको छ । यति गर्दा पनि आईक्यानले उचित कदम नचालेकोमा एक्यान र अडान असन्तुस्ट छ । लेखापरिक्षाणको मुख्य अबधि पौष मशान्त नाघिसकेको भए पनि आन्दोलनका कार्यक्रम अन्तर्गत लेखा परिक्षण र प्रमाणिकरण सम्बन्धी सम्पूर्ण कार्यहरु ठप्प पारीएपछी त्यसको केही हद सम्म असर नेपाली आर्थिक क्षत्रमा परिरहेको बुझ्न गार्हो छैन । तर अब यो आन्दोलनको निकास के भन्ने बहस अहिले लेखा ब्यवसायमा चलिरहेको छ । आईक्यानले आफ्नो क्षत्राधिकारको स्पष्ट व्याख्या गरी जनमानसमा त्यसको सुचना फैलाई सम्बन्धित निकायहरुलाई आफ्नो क्षत्राधिकारको जानकारी नदिएसम्म र सरकारका अन्य निकायहरुले लेखापरिक्षण गरेकै आधारमा लेखापरिक्षकहरुलाई पक्राउ गर्ने कार्यहरुलाई नसच्याएसम्म आफ्नो आन्दोलन जारी रहने एक्यान र अडानले बताइरहेका बेला आइक्यान स्पस्ट रुपमा अगाडि नआउनु र एक्यान र अडानले संयुक्त रुपमा गरिरहेको आन्दोलनतर्फ पर्याप्त ध्यान नदिनुले अब लेखा ब्यबसायीहरुको यो आन्दोलन कहिलेसम्म भन्ने बहस पनि अहिले लेखा ब्यवसाय क्षत्रमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्