Skip to content

एनकासा कप क्रिकेट सम्पन्न | बिबाद मुक्त भने हुन सकेन

एनकासा कप क्रिकेटमा शहभागी मनोज पौडेल

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गतको बिधार्थी सङ्गठन एनकासाले आयोजना गरेको तेश्रो एनकासा कप क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बिरेन्द्र सैनिक बिधालयको खेल मैदान भक्तपुरमा सम्पन्न भएको उक्त प्रतियोगितामा एम खनाल एन्ड एसोसिएट्सले सुबोध एसोसिएट्सलाई पराजित गर्दै लगातार तेश्रो पटक एनकासा कप क्रिकेटको उपाधी आफ्नो पोल्टोमा पारेको छ । शुक्रबार सम्पन्न उक्त खेलमा बिजय हुँदै एम.खनाल एन्ड एसोसिएट्सले उक्त उपाधी जितेको हो । यसै क्रममा खेल पछी आयोजित ट्रफी बितरण कार्यक्रममा बोल्दै एनकासाका अध्यक्ष शिवराम कटवालले  खेललाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सबैलाई धन्यबाद दिनुभएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी सिए सुरेश देव्कोटाले एनकासालाई आगामी दिनका लागि शुभकामना दिनु भएको छ । कार्यक्रम मा सिए सौरभ रिजाल, सिए उमेश राज पाण्डे, पत्रकार सुरेश निरौला लगायत उपस्थित सबैले बिजेता र अप बिजेता समुहलाई बधाई दिनुभएको थियो ।


यध्यपी गत बर्षको जस्तै यसपाली पनि खेल बिबाद मुक्त भने हुन सकेन । फाइनल खेलमा एक चौकालाई लिएर बिबाद निस्किएपछी खेल लगभग २० मिनेटका लागि स्थगित भएको थियो ।  पछी एनकासाका प्रतिनिधि , दुबै समुहका प्रतिनिधि र अंपायरले छलफल गरी बिबाद टुङ्गाए का थिए ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।