Skip to content

SAVE OUR PROFESSION अभियान सुरु

नेपाल चार्टड एकानुटेन्ट्स संघ र नेपाल अडिटर्स एसोसिएसन (अडान) ले संयुक्त पत्रकार सम्मेलन गरी आज  आफ्नो आन्दोलनका कार्यक्रम घोषणा गरेका छन । “SAVE OUR PROFESSION”  अभियान अन्तर्गत एक्यान र अडानले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन । जस अनुरुप माघ ३ गते देखी बिमा समिती बाट इजाजत प्राप्तत वा नियमन गरिने सम्पूर्ण बिमा कम्पनीहरुको लेखापरिक्षाण सम्बन्धी सम्पूर्ण कामकाज ठप्प गर्ने ब ताइ एको छ । यसै गरी २०७० -१०-१५ गते देखी नेपाल राष्ट्र बैंक ले इजाजत दिएका वा नियमन गरेका बैंक तथा बित्तिय संस्थाहरुको काम काज ठप्प पार्ने एक्यान र अडानले बताएका छन । यसै गरी २०७०-१२-०१ गते देखी सेबोनले इजाजत दिएका वा नियमन गरेका संस्थाहरु २०७० -१०-१५ गते देखी स्टक एक्सचेन्जमा सुचिक्रित भएका सम्पूर्ण संस्थाहरुको  लेखापरिक्षाण सम्बन्धी सम्पूर्ण कार्यहरु ठप्प पार्ने बताइएको छ । यसै गरी मिती २०७० माघ ०३ गते सेखी २०७० माघ १८ गते सम्म सबै लेखा परिक्षकहरुले आ-आफ्नो COP अडान वा एक्यानमा बुझाउने र २०७०-माघ १९ गते आइक्यानलाई फिर्ता गर्ने बताइएको छ । २०७० माघ ३ गते देखी सबै सिए र आर ए हरुले आफ्नो कार्यस्थल मा कालो पट्टी बाध्ने र २०७० माघ ०३ देखी बिभिन्न सम्बन्धित निकायहरुमा ग्यापन पत्र बुझाउने एक्यान र अडानले बताएका छन । साथै आइक्यान एनको दफा ११ को ‘ढ’ को पालना गर्न गराउन ध्यानाकर्षण पत्र दर्ता गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।