Skip to content

के अडिटर हुनु नै मेरो अपराध थियो? : जगदिश अग्रवाल

एक्यान र अडानले समुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा सबैलाई सम्बोधन गर्दै सिए जगदिश अग्रवालले आफु पक्राउ पर्नुमा दोश के थियो वा आफ्नो अपराध के थियो भन्ने नै थाहा नभएको बताउनु भएको छ । निकै भाबुक रुपमा पत्रकार सम्मेलनमा उपस्थित हुनु भएका अग्रवालले कुनै पनि कोणबाट आफुले कुनै पनि अपराध नगरेपनी बिभिन्न एनको गलत व्याख्या गर्दै आफुलाई थुनिएको बताउनु भएको छ । ” मलाई के कारणले थुनियो भन्ने कुराको चित्त बुज्दो जबाफ अझै पाएको छैन । के अडिटर हुनु नै मेरो अपराध थियो त? ” आफुले आफु किन पक्राउ परेको समेत जानकारी नपाएको र त्यसले आफ्नो मानब अधिकार समेत हनन भएको उहाले बताउनु भएको छ । लेखा ब्यवसाय सम्बन्धी सम्पूर्ण नियमनकारी निकाय आइक्यान हुँदा हुँदै आफुलाई सिआइबिले पक्राउ गरेकोमा उहाले दु:ख ब्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।