
एक राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार भन्छन, ” यस अघी एक्यानले गरेको सबै जसो पत्रकार सम्मेलनमा निम्तो आउथ्यो तर एसपाली भने भोली पल्ट मात्रै एक्यानको पत्रकार सम्मेलन भएको जानकारी आयो” बिशेष गरी एक ब्यक्ती एक पेसाको मुद्दामा हामीले एक्यानको पक्षमा समाचार सम्प्रेसण गरेपछी अडान हामी प्रती असन्टुस्ट भएकाले आफुलाई निम्तो नआएको हुनसक्ने उनको दाबी छ । एक आर्थिक अन्लाईनमा कार्यरत पत्रकार भन्छन, “एक्यानले किन यसरी हामीलाई बाइपास गर्यो थाहा भएन, तर हामी यो मुद्दामा एक्यानको भनाइको प्रतिक्षामा भने थियौ “
मंगलबार एक्यानले आयोजना गरेको पत्रकार सम्मेलन बारे जम्मा ३ वटा दैनिक पत्रीका र २ टेलिभिजनले सामान्य समाचार प्रसारण प्रकाशन गरेका छन भने एक टेलिभिजनले गलत समाचार सम्प्रेशण गरेको छ । ” म त राती न्युज पढ्दा अचम्ममा पो परे । एक टेलिभिजनले लेखा ब्यवसाय सम्बन्धी नियमन गर्ने निकाय “एक्यान” भन्दै थियो । मैले यो कुरा एक्यानका कर्मचारी हरुलाईसमेत जानकारी गराइसकेको छु ।” सिए क्षत्रलाई बुझेका पत्रकारहरुलाई निम्तो नदिने एक्यानको पाराले आफुलाई निकै दुखी बनाएको सिए क्षत्र सम्बन्धी रिपोर्टिङ्ग गरिरहेका पत्रकारहरुले बताएका छन । सिए क्षत्र राम्ररी बुझेका पत्रकारको कमी भईरहेका बेला ति पत्रकार लाई बाइपास गरेर सुटुक्क पत्रकार सम्मेलन गरिनुले सुसुचित हुन पाउने जनताको अधिकार समेत खोसिएको बिभिन संचार गृहमा कार्यरत पत्रकारहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्