Skip to content

आइक्यानले गर्‍यो गम्भिर गल्ती

प्रश्न छुटेको प्रश्नपत्र प्राप्त गर्ने बिधार्थीले नेपाल सिए स्टुडेन्ट क्लब लाई पठाएको सन्देश
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले २०१३-१२-०५ महिनामा लिएको ‘कस्ट एन्ड मेनेज्मेन्ट एकाउटिङ्ग’ बिषयको परिक्षामा एक बिधार्थिको प्रश्नपत्रमा गम्भिर गल्ती गरेको खुलासा भएको छ ।
क्याप टु को परिक्षा दिइरहेका एक बिधार्थिको प्रश्नपत्रमा प्रश्न नम्बर ५ र प्रश्न नम्बर ६ नै छुटेको उक्त बिद्यार्थीले बताएका छन । नेपाल सिए स्टुडेन्ट क्लब लाई उद्रित गर्दै उक्त बिधार्थीले आफ्नो प्रश्नपत्रमा उक्त प्रश्नहरु नभएपछी परिक्षापछी आइक्यानका प्रतिनिधिहरु सँग कुरा गरेको र थप २० मिनट आइक्यानले थपिदिये पछी आफुले उक्त प्रश्नपत्र को पुन परिक्षा दिएको बता एका छन । उनले आफु जस्तै अरुलाई पनि एस्तो भएको हुन सक्ने बताउदै प्रश्नपत्रमा प्रश्न नै छुट्नु अस्वभाबिक भएको बताएका छन । साथै उनले २० अंकको प्रश्न पत्र छुट्नु दु:खद कुरा भएको र २० अंक एक सिए बिधार्थीका लागि ठुलो अंक भएको समेत जनाएका छन ।
साथै उनले आइक्यानको गल्ती खुलासा गरेलगतै बिभिन्न खाले प्रतिकृयाहरु आएका छन । केहीले यसलाई आइक्यानको गम्भिर गल्ती भनेका छन भने केहीले भने प्रश्न पत्र हेर्ने दायित्व बिधार्थीकै भएको बताएका छन । यता केहीले भने प्रश्न पत्र छुटाएर एउटा गल्ती गरेको आइक्यानले उक्त बिधार्थीलाई थप समयमा पुन परिक्षा दिन अबसर दिएर अर्को गल्ती गरेको भनाइ राखेका छन । यध्यपी आइक्यानले भने यस बारे कुनै औपचारिक धारणा ब्यक्त गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।