 |
बिक्रम कार्की |
केही दिन अघी भारतको लक्ष्मीनगर मा निधन भएका म्याग्दी बेनीका सिए बिधार्थीले अत्याधिक लागु पधार्थ सेबन गर्नु को कारण फ्रस्ट्रेसन भन्ने बुझिएको छ । आफ्नी जन्मा दिने आमाको निधनपछी निकै अभाबमा तड्पिएको र आफुले आफ्नी आमालाई निकै मिस गर्ने गरेको उनको DAIRY बाट बुझिन आएको छ । आफ्नै गाउमा आफ्नी आमाको नाउमा एउटा ठुलो बिधालय खोल्ने सपना बुनेका बिक्रम कार्कीको अत्याधिक लागु पदार्थको सेबनबाट केही दिन अघी भारत को लक्ष्मीनगरमा निधन भएको थियो ।
निधन भएका सिए बिधार्थी बिक्रम कार्कीको डायरीमा एस्तो लेखिएको थियो: “म नराम्रो संगतमा नराम्रो संग फसी सकेको छु , र
मलाई के विश्वास छ भने म यो लत बाट निस्किन सक्छु । आमा म तपाइलाई धरै मिस
गर्छु , जव तपाइले हामी लाई छाडेर यो संसार बाट बिदा लिनु भो त्यस दिन
देखि तपाइको अभावमा म सधै तड़पि रहे । सायाद तपाई भएको भय म नराम्रो लतमा
फस्ने थियन होला । म तपाइको नाममा मेरै गाऊमा एऊटा ठुलो विधालय खोल्ने छु ।
मिस यू मम …….!! मिस यू मम ……….!!! मिस यू मम
……………….!!!”
यता मनोबैज्ञानीकहरुले पनि बिक्रमको निधन को कारण अत्याधिक स्वोतनत्रता का साथै पारिवारिक पिडा, अभाव र फ्रस्ट्रेसन हुन सक्ने बताएका छन ।” आफ्ना आमा बुवा गुमाएका कुनै पनि छोरा छोरीमा निकै चाडो भाबुक हुने, आबेशमा आउने, ठुलो सपना देख्ने, धेरै रुने र अत्याधिक चिन्ता लिने लक्षणहरु हुने हुँदा त्यसैको फल स्वोरुप बिक्रम कार्कीले लागु पदार्थ सेबन गरेको र त्यसको अत्याधिक प्रयोगले उनको निधन भएको हुन सक्ने मनोबैज्ञानीक डाक्टर रमेश तिवारीले बताउनु भएको छ । सिए सरोकार सँग बिशेष कुरा कानी गर्दै उहाले बिक्रमको निधनलाई आधार बनाउदै उनको गलक कुरा हरुलाई मात्र अगाडि ल्याउनु, उनी के कारण ले लागु पदार्थ को सेबनमा फसे भन्ने कुरालाई बिश्लेसण नगरि उनी गलत थिए भन्ने कुरा बुझ्नु गलत भएको बताउनु भएको छ ।
Related News:
प्रतिक्रिया दिनुहोस्