Skip to content

आइक्यान टपर नीरु श्रेष्ठ लाई एक लाख:

आइक्यान टपर नीरु श्रेष्ठ लाई एक लाख:
सिएआइले गरेको बिधार्थी सम्मन कार्यक्रममा CAP I TOPPER नीरु श्रेष्ठ लाई एक लाख रुपैयाले सम्मान गरेको छ ।ICAN वा ICAI बाट टप गर्ने जो कोहिलाई पनि नगद पुरस्कार ले सम्मान गर्ने सिएआइ को नियमित कार्यक्रम अन्तर्गत सो सम्मान गरिएको सिएआइले जनाएको छ । कार्यक्रम मा ICAN अन्तर्गत टप टेन मा पर्ने अन्य बिद्यार्थीलाई समेत जनही ३०००० का दर ले नगद पुरस्कार बाट सम्मान गरिएको थियो । रु १००००० को चेक लिदै ICAN टपर निरुले आफुलाई सो स्थान सम्म आइपुग्न सहयोग गर्ने सबैलाई ध्न्यबाद दिएकी छिन् । कार्यक्रममा छोटो मन्तब्य राख्दै उनले सिएआइ निकै सहयोगि भएकाले आफुले सो  सफलता हसिल गरेको बताएकी छिन् । दैनिक ७ देखी ८ घण्टा सम्म अध्ययन गर्ने गरेको बताउने निरुले आफुलाई हर हमेसा सहयोग गर्ने आफ्नो परिवार लाई समेत धन्यवाद दिएकी छिन् । आफुलाई हरेक तरहले साथ र सहयोग गरेकाले आफु क्याप टु  पनि सिएआइ मै पढ्ने निरुले बताएकी छि न् । कार्यक्रम को मुख्य आकर्सण बनेकी निरुलाई शहभागी सबैले बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।