
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- १७ बर्षदेखि निरन्तर सिए अध्यापन क्षेत्रमा क्रियाशील सिए युद्ध राज ओलीले नेपालको समग्र शैक्षिक पद्धती नै ठिक नभएकाले सिएमा धेरै विद्यार्थी फेल भएको बताएका छन् । सिए सरोकार टेलिभिजन कार्यक्रमसँग बोल्दै उनले यस्तो बताएका हुन् । लामो समयको अध्यापन कर्मको आफ्नो अनुभव सुनाउँदै उनले विद्यार्थीहरुले बुझेर मेहेनत गरेको खण्डमा सिएको पढाइ गाह्रो नभएको समेत स्पष्ट पारेका छन् ।
उनीसँग सिए सरोकारकर्मी सुरज प्याकुरेलले लिएको अन्तर्वार्ता सोमबार बेलुकी ९:३० बजे टिभी टुडे टेलिभिजनमा हेर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्