
- सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को नवौं काउन्सिलको चुनावमा सिए. युद्ध राज ओलीले सानदार जित निकालेका छन् । हाल आइक्यानको उपाध्यक्षसमेत रहेका ओलीले आइतबार र सोमबार सम्पन्न सो चुनावमा जित हाँसील गरेका हुन् । यो सँगै अव उनलाई आइक्यानको अध्यक्ष बन्ने बाटो स्पष्ट रुपमा खुलेको छ ।
अव उनी आइक्यानको अध्यक्षका लागि लड्नेछन् । सम्भवत: उनी निर्विर्दोध नै निर्वाचित हुनेछन् । आइक्यानमा निकै आस गरिएका पात्रका रुपमा चिनिएका ओलीले अवको केहि महिना आइक्यानको नेतृत्व गर्नेछन् । खासमा आइक्यानको नेतृत्वको कार्यकाल १ बर्ष हुने भएपनि कोभिडका कारण ढिलो निर्वाचन भएको हुँदा उनले पूरा एक बर्ष कार्यकाल भने पूरा गर्न पाउने छैनन् । यद्यपी सबैभन्दा लामो समय उपाध्यक्ष रहेर उनले इतिहास बनाईसकेका छन्।
लम्सालसहित भास्कर सिंह लाला, सन्तोष काफ्ले, राम चन्द्र खनाल, छेत्र गोपाल ध्वजु, पियुष आनन्द, सुजन कुमार काफ्ले, सुजन श्रेष्ठ, प्रविन कुमार झा र सुरेन्द्र श्रेष्ठले आइक्यानको चुनावमा जीत हात पारेका छन् ।
कुल १० पदका लागि चुनावमा १६ जना भिडेका थिए । जसमा कुनाल क्याल, सन्तोष लम्साल, जयनारायण प्रतिहस्त, सतिश चन्द्र लाल, बिनय प्रकाश श्रेष्ठ, र अमन उप्रेतीले चुनाव हारेका छन् । यी मध्ये पनि कुनाल कयालको सबैभन्दा लज्जास्पद हार भएको छ । सिंगो एक्यानको नेतृत्व गरिरहेका आनन्द शर्माको समूहको समर्थनमा उठेका कयालको हारलाई विशेष अर्थका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्