
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- केहि समय अगाडी सिए सरोकारले सिए कुबेर शर्मालाई नेपालको पहिलो चार्टड एकाउटेन्ट भनी समाचार प्रस्तुत गरेपछि केहि सिएले त्यसमा ‘अब्जेक्सन’ जनाउँदै नेपालको पहिलो सिए कुबेरनाथ शर्मा नभई डाकुर नाथ शर्मा हुन् भन्ने प्रतिक्रिया दिए । यति संवेदनशील विषयबारे प्रतिक्रिया आएपछि हामीले यस विषयमा केहि पूराना सिएहरुलाई यसबारे सोध्यौं ।
तर पूराना सिएहरुसँग पनि ‘रे’ मा मात्र जवाफ थियो । कसैले उही एटेम्टमा दुवै जनाले परिक्षा पास गरेको भन्ने जानकारी दिए भने कसैले कुबेर शर्मा नै नेपालबाट सिए हुने पहिलो व्यक्ति हुन् भन्ने जानकारी दिए । यसैबीचमा कतिपय पूराना सिएले त डाकुरनाथ पहिलो सिए भएको र उनी वितिसकेकाले अहिले जीवित रहेका सिएहरुमध्ये कुबेर नाथ शर्मा नेपालको पहिलो सिए भएको समेत टिप्पणी गरे । जति जति पूराना सिएहरुको कुरा सुन्दै गयो झन् झन् ‘कन्फ्युजन’ बढ्यो । त्यसपछि हामीले आइसीएआइको रेकर्ड हेर्यौं ।

आइसीएआइको रेकर्ड अनुसार कुबेर प्रसाद शर्मा सन् १९६४ मा संस्थासँग एसोसीएट भएको देखिन्छ भने सन् १९७० उनको फेलो बर्षको रुपमा लिइएको छ ।

यता डाकुर नाथ शर्मा संस्थासँग सन् १९६५ मा एसोसिएट भएको देखिन्छ भने सन् १९७२ मा उनको फेलो बर्ष छ ।
प्रतिक्रिया दिनुहोस्