तुलसिपुर । लेखापरीक्षकसमेत बैंकिङ कसुरमा परेका तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक घोटाला प्रकरणमा धरौटी र रिहा हुनेहरुको विवरण सार्वजनिक भएको छ । तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक, नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दाका अभियुक्तमध्ये ठुला बैंक सन्चालक, सिइओ र सहायक सिइओ सबैलाई अदालतल धरौटिमा छाडेको छ । बेष्टर्न बैंक देब बिकास हुदै अहिले कुमारी बैंकमा मर्ज भइसकेको छ ।
बैंक हिनामिनाका अभियुक्तमध्ये ६ जना बैंक सन्चालकहरु जनही १२ लाख धरौटीमा छुटिसकेका छन् भने बैंकका सिइओ र सहायक सिइओ पनि धरौटिमा छुटेका छन् । १२ लाख धरौटिमा छुटेर मुद्धा खेपिरहेकाहरुमा बैंक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकी, बैँक सञ्चालक समितिका सदस्यहरु खड्ग बुढाथोकि, अर्जुन बुढाथोकी, निर्मल देवकोटा, वेगमबहादुर भण्डारी, शेषमणि गौतम रहेका छन । बैंकका सिइओ खिमबहादुर डिसि उच्च अदालतबाट ३० लाख धरौटि राखेर छुटेको र पुर्पक्षमा रहेका बैंकका सहायक सिइओ तथा कर्जा विभाग प्रमुख अनिलकुमार न्यौपाने सर्बोच्च अदालतबाट ५० लाख धरौटि टागेर छुटेका अदालतका शाखा अधिकृत गोकर्ण वलिले जानकारी दिए । प्रहरिकै अनुसन्धानको सिलशिलामा ६ जना बैंक सन्चालकहरु र सिइओ डिसिसहित खातावालहरु लामो समय फरार रहेका छन् ।
सहायक सिइओसहित केहि खातावाललाइ भने प्रहरिले अनुसन्धानको शिलशिलामा नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो । प्रहरीले बैंकको १८ करोड हिनामिना प्रकरणमा यसअघि नै दुई महिना लाामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले गएको कात्तिक ३ गते उक्त मुद्दा उच्च अदालत तुलसीपुरमा दायर गरेको थियो । मुद्दा दायर गर्दा बैंक सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिती सदस्य, सिइओ फरार सूचीमा थिए। त्यसपछि अदालतले उनीहरूको घरमा म्याद टाँसेको थियो । बैंकको १८ करोड हिनामिना प्रकरणमा ६ जना बैंक सञ्चालक, सिइओ, कर्मचारी,ऋणी, खातावाल गरेर ५६ जनाविरुद्ध मुद्दा छ।
यसअघि नै पक्राउ परेकामध्ये बैंकका म्यानेजर समिर बुढाथोकि, मनोज केसि पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । केसिले २ करोड ८ लाख २३ हजार ४ सय ९२ धरौटि तिर्न नसकेपछि कारागार चलान भएका हुन । त्यस्तै खातावालहरु बिजय कुमार गुप्ता १ करोड २२ लाख ६५ हजार, झगबहादुर डिसि १ करोड १९ लाख ५० हजार, बसन्तबहादुर बस्नेत ४ करोड ३० लाख ७२ हजार ५ सय सर्बोच्च अदालतबाट धरौटि तिरेर छुटेका छन भने खाताको रकम दुरुपयोग गरेकोमा रबिन कुमार डागि ३५ लाख ५१ हजार रुपैया, लोन सहायक पोषणप्रशाद जैसि, बिरेन्द्र कुमार गुप्ता २०/२० लाख, अर्जुन बस्नेत २७ लाख रुपैया उच्च अदालत तुलसिपुरबाट धरौटि टागेर छुटेका छन् ।
१८ करोड हिनामिना प्रकरणमा संलग्न भएको आरोप लागेकामध्ये बैंकका सिइओ, सञ्चालक समितिका अन्य पदाधिकारी, बैंक ऋण बोर्ड सदस्यहरू फरार भएर सिधै अदालतमा हाजिर भएका थिए । बैंक हिनामीनामा मुछिएका धेरैजसो खातावाल, बैंकका कर्मचारी र बैंक सन्चालक,सिइओ, सहायक सिइओ सबै छुटिसकेका छन । अदालतका शाखा अधिकृत वलिले सक्टुराम गुप्ता, बन्दना गुप्ता, अर्चना थापा खत्रि, बसन्त बहादुर बुढाथोकि,लेखा परिक्षक प्रेम भुर्तेल साधारण तारीखमा रिहा भइसकेको जानकारी दिए ।
उनका अनुसार दुइ जना प्रतिवादी मात्र अदालतमा हाजीर भएका छैनन् । म्याद बुझेर हाजीर नहुनेमा यज्ञ वलि र मदन डिसि रहेका छन । बैंक घोटालामा संलग्नमध्ये बैंक सञ्चालक, सिइओ लगाएको सम्पत्ति छानबिन गर्न मागसहित सम्पत्ति शुद्धिकरण विभागमा मुद्दा समेत परेको छ।
प्रतिक्रिया दिनुहोस्