- सिए सरोकार सम्बाददाता
काठमाडौँ । आरएहरुलाई सिए बन्न बाटो सहज बनाउने गरी टास्क फोर्सले आइक्यानमा बुझाएको प्रतिवेदन सार्वजनिक भएपछी आइतबार वीक्यान नेपालले आइक्यानमा विरोधपत्र दर्ता गराएको छ । विहान ११ बजे आइक्यानमा पुगी वीक्यान नेपालको टोलीले उक्त विरोधपत्र दर्ता गराएको हो ।
रजिस्टर्ड अडिटर प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्सले बुझाएको प्रतिवेदनविरुद्ध वीक्यानले यसअघि नै विज्ञप्ति जारी गरेर त्यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताईसकेको छ । उक्त प्रतिवेदन सार्वजनिक भएपछी यतिबेला सिए क्षेत्र मज्जासँग तातेको छ भने सिएहरुले खबरदारी गरिरहेका छन् ।
आज नै एक्यान र अर्को एक स्वतन्त्र सिए समूहले पनि आइक्यानमा यसै विषयमा विरोधपत्र बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस्