
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- एक्यानको चुनावमा गत बर्ष महासचिवको मतगणनालाई लिएर लफडा परेपछि अन्तत संघ चेतेको छ। एक्यान कार्यकारी समितिका एक सदस्यको बलियो लविङपछी अन्तत एक्यानले इलोक्ट्रोनिक भोटिङ सिष्टम अवलम्बन गर्ने भएको छ । अर्थात यसपाली ब्यालोट पेपरमा छाप हानेर नभई मेसिनमा क्लिक गरेर भोट गर्ने अवसर सिएहरुले पाउने भएका छन् । भोटिङ कसरी गर्ने भन्ने जानकारीसहितको डेमो एक्यानमा राखिने बताइएको छ ।
टेक्नोलोजी सेल्स नामक कम्पनीले नेपालमा विकास गरेको यो सिष्टम पछिल्लो समय निकै चर्चामा छ । विभिन्न संघहरुको चुनावपनि यहि विधुतीय सिष्टमबाट हुने गरेको समयमा एक्यानको बुद्धिको विर्कोपनि उघ्रिएको हो । गत चुनावमा महासचिवको मतगणनाका क्रममा फर्जी भनिएको एक मतलाई मान्यता दिएको विषयले ठुलै लफडा आइपरेको थियो ।
एक्यानको गत चुनावमा उक्त लफडा पर्दा एक्यान फुटाउनेसम्मको चर्चा चलेको थियो भने चुनावमा उठेका अन्य क्यान्डीडेटपनि वादविवादमा उत्रिएका थिए । निर्वाचन अधिकृतको कमजोर निर्णय क्षमताका कारण निकै नै समस्यामा परेको एक्यानको गत निर्वाचनलाई ध्यान दिंदै एक्यानले यसपाली विद्युतीय माध्यमबाट मतदान हुने व्यवस्था मिलाएको हो । यो माध्यमबाट मतदान सकिएको केहि समयभित्रनै मतपरिणाम पनि निकाल्न मिल्छ । यसकारणपनि यसपालीको मतगणना समेत छिटो र छरितो माध्यमबाट हुने एक्यानको दावी छ ।
प्रतिक्रिया दिनुहोस्