Skip to content

भ्याकेन्सीको नौटंकी : योग्य सिए ‘भुतुक्क’… उता अर्कैले जागिर पाउँछ सुटुक्क !

हाम्रो बैंकलाइ यति सिए चाहियो र उति सिए चाहियो भन्दै पत्रपत्रिकामा बिज्ञापनहरु प्रकाशित हुने गरेका छन् । तर बैंकिङ क्षेत्रमा आफ्ना मान्छे भर्ती गर्ने प्रक्रियाको रुपमा भ्याकेन्सी खोलिने गरेको तथ्यको खुलासा भएसँगै त्यससँग सम्बन्धित अन्य तथ्य पनि बाहिर आउंदै गरेको छ । बैंकले भने जस्तो सिभि पठाएको वा योग्य भएकै भरमा बैंकमा सिएहरु नराखिने गरेको स्रोतको भनाइ छ ।   



योग्य भए पनि सिफारिस चाहिन्छ 

सिए पास भएपछी पनि लिखित परिक्षाका नाममा अल्झाउने गरिन्छ । उसले कति जानेको छ भनेर बुझ्नु नराम्रो पनि होइन तर बैंकले कर्मचारी राख्नका लागि लिएको लिखित परीक्षामा जस्तोसुकै राम्रो गरेको भए पनि सिफारिस राम्रो नभए जागिर नमिल्ने गरेको भोगाइ धेरैको छ । ‘लिखितमा सबैभन्दा राम्रो भए पनि अन्तर्वार्तामा बिनाकारण फालिन्छ,’ हाल एक बैंकमा कार्यरत सुशीला पंगेनी (नाम परिवर्तन) ले बताइन् । ‘बैंकको जागिर खान कि त नेपाल राष्ट्र बैंकका कर्मचारीको सिफारिस चाहिन्छ, कि त सञ्चालक समितिमा रहेका कसैको आफ्नो मान्छे हुनुपर्छ,’ उनले भनिन् ।

अनुभव नभएकालाई झनै गाह्रो 
बैंकमा कर्मचारी माग्दा अनुभव नभएकालाई नलिनु स्वाभाविक पनि हो । यही कारणले पनि बैंकमा काम गरेको अनुभव नभएकालाई बैंकको जागिर खान झन् गाह्रो पर्ने गरेको छ ।

नेताको पावरमा सुटुक्क लाग्छ जागिर

विशेषगरी काठमाडौंकेन्द्रित शाखाहरूमा नेताको पावरमा आवश्यक नभए पनि कतिपय कर्मचारी राख्ने गरिएको बैंककै कर्मचारी बताउँछन् । जुन पार्टीको सरकार आयो, त्यही पार्टीका उपल्लो तहका नेताको सिफारिसमा कर्मचारी राखिने गरेको उनीहरूको कथन छ । ‘खासगरी राजनीतिमा राम्रो पकड भएका र बैंकका सञ्चालक समितिका मानिससँग राम्रो चिनजान भएकाहरुले भनसुनमा जागिर खान्छन्,’ एक बैंकका निम्न तहका कर्मचारीले भने ।

यो पनि पढ्नुहोस् :
भ्याकेन्सीको नौटंकी ! कतिपय बैंकमा सिए मागिन्छ बस्, राखिंदैन!

प्रतिक्रिया दिनुहोस्