Skip to content

सिए सरोकार समाचार प्रभाव : सिएको बेइज्जत हुनेगरी निकालिएको सुचना युनाइटेड फाइनान्सले यसरी सच्यायो !

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- चार्टड एकाउन्टेन्टलाई मेनेजमेन्ट ट्रेनीमा मागेर सिएहरुको बेइज्जत गरेको भन्दै सिए सरोकार डटकमले समाचार प्रकाशित गरेपछि अन्तत: युनाइटेड फाइनान्सले आफ्नो गलत सुचना सच्याएको छ । गत असार १३ गते द हिमालयन टाइम्स पत्रिकामा सूचना जारी गर्दै फाइनान्सले सिएका लागि मेनेजमेन्ट ट्रेनीमा जागिरका लागि आवेदन मागेको थियो । यस विषयमा सिए सरोकारले समाचार प्रकाशित गरेपछि फाइनान्स यस विषयमा आफ्नो गल्ती सच्याउन बाध्य भएको हो ।    
‘तपाईंहरुको समाचार हेरेपछि मैले युनाइटेड फाइनान्समा यस बारेमा बुझें । उहाँहरुले गल्ती भएको स्वीकार्नुभयो र आज  (असार 22 गतेको)को  द हिमालयन टाइम्समा भूलसुधार प्रकाशित गरिएको छ ।’ सिए सरोकार डटकमसँग कुराकानी गर्दै सिएहरुको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का अध्यक्ष प्रकाश जंग थापाले भने ।
युनाइटेड फाइनान्सले सिए माग्दै मेनेजमेन्ट ट्रेनीका लागि सूचना जारी गरेपछि सिए सरोकार डटकमले सिएको क्रेज यतिसम्म झरेको हो र ? युनाइटेड फाइनान्सले मेनेजमेन्ट ट्रेनीमै माग्यो चार्टड एकाउन्टेन्ट !शीर्षकको समाचार प्रकाशित गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्