Skip to content

सिमाको आयोजनामा एलपी भानु शर्माको विशेष वर्कशप सम्पन्न

बरिष्ट चार्टड एकाउटेन्ट , समाजसेवी तथा अध्यात्मिक गुरु सिए एलपी भानु शर्माले सिमा एकेडेमिक्सका बिधार्थीहरुलाई “PERSONAL AND PROFESSIONAL LEADERSHIP IN THE NEW ERA” बिषयमा बिशेष वर्कशप संचालन गर्नुभएको छ।   सिमा एकेडेमिक्सको आयोजनामा काठमाण्डौ त्रिपुरेश्वोर स्थित डीईसीसीमा आज शनिबार सम्पन्न कार्यक्रममा उहाँले जीवनका उद्धेश्य, गन्तब्य, जीवनको अर्थ , मानशिक तनाब,  मानिस जिउनुको अर्थ लगायतका बिषयलाई अध्यात्मसंग जोड्दै आफ्नो प्रस्तुति राख्नुभएको थियो।  २५० बढी सहभागी बीच उहाँले आफ्नो प्रस्तुती राख्नु भएको थियो। 
करिव २ घण्टाका लागि चलेको वर्कशपमा बागमती सफाई अभियानता समेत रहनु भएका शर्माले बागमती सफाई अभियानका बारेमा पनि चर्चा गर्नु भएको थियो। साथै आउँदो शनिबार बिहान ७ बजे हुन लागेको बागमती सफाई अभियानको १००औं भागका बारेमा जानकारी दिनुभएको थियो भने कार्यक्रममा उपस्थित हुन समेत आग्रह गर्नुभएको छ।  कार्यक्रममा बोल्दै सिमाका तर्फबाट सिए युद्ध राज वलीले पनि आउँदो शनिबारको बागमती सरसफाई अभियानमा सिमाले पनि सहभागिता जनाउने बताउनुभएको छ।
कार्यक्रममा सिमाका बिधार्थी, केहि अभिभावक , एक्यानका अध्यक्ष भरत रिजाल , सिमाका शिक्षक तथा केहि संचारकर्मीहरुको उपस्थिति थियो। कार्यक्रममा वर्कशप पछी सिमाका तर्फबाट एलपी भानु शर्मालाई मायाको चिनो समेत प्रदान गरिएको थियो भने सिमाका संयोजक बिजय पाठकले धन्यबाद मन्तब्य राख्नुभएको थियो।  सिमाकै बिधार्थी प्रिया श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा सिमाका कर्मचारीहरुको समेत उपस्थिति थियो।  
 कार्यक्रममा सिमा एकेडेमिक्सबाट सिए परिक्षामा उत्कृस्ट हुने बिधार्थीहरुलाई सम्मान समेत गरिएको थियो। आइक्यानका विभिन्न परिक्षामा उत्कृस्ट नतिजा ल्याउने विभिन्न बिधार्थीहरुलाई नगद पुरस्कार, फूलमाला तथा प्रशंसा पत्रबाट सम्मान गरिएको थियो।  कार्यक्रममा सिमाबाट आइक्यानको परिक्षामा उत्कृस्ट हुने बिजय सिंह पराजुलीलाई नगद रु १५००० बाट सम्मान गरिएको थियो भने अन्य बिधार्थीहरुलाई नगद रु १० हजार नगद पुरस्कारबाट सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै सम्मानित बिधार्थीमध्येका एक बिजय सिंह पराजुली निकै रमाइलो पारामा प्रस्तुत भएका थिए। निकै नै अनौपचारिक ढंगमा प्रस्तुत भएका पराजुलीले सिए  अरुले सोचेजस्तो गाह्रो नभएको अभिव्यक्ति दिएका थिए ।  ९ महिना अघि आफुले आइक्यान टप गरेको स्मरण गर्दै पराजुलीले आफुलाई उत्कृस्ट नतिजा ल्याउन सहयोग गरिदिनु भएकोमा सीमाका सिक्षकहरुलाई समेत धन्यबाद दिएका थिए।
 कार्यक्रममा  सिमासंग नाम जोडिएर बेला बेलामा बिबादमा पर्ने गरेका आईक्यानका उपाध्यक्ष प्रकाश लम्शाल भने  उपस्थित थिएनन्।  आइक्यान र एसीसीएले संयुक्त रुपमा आयोजना गरेको आइएफआरएस सम्बन्धि तालिमका कारण  उनी कार्यक्रममा उपस्थित नभएको  भन्ने अनुमान गरिएको भए पनि आइक्यानको अध्यक्ष भएपछी सिमासंग नाम जोडेर विभिन्न  बिबादमा मुछिएका कारण पनि उनी उक्त कार्यक्रममा उपस्थित नभएको अनुमान गरिएको छ।  आइएफआरएस  तालिममा सहभागी एक्यान अध्यक्ष भने कार्यक्रममा उपस्थित थिए।  कार्यक्रममा सिमाका बिधार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेका थिए।  

प्रतिक्रिया दिनुहोस्