- सिए सरोकार सम्बाददाता
काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट टि.एन आचार्यको शब्दमा सिर्जित ‘मन्जरी’ बोलको गीत बजारमा आउने भएको छ । भूपु पाण्डेको संगित रहेको उक्त गीतमा वरिष्ठ गायक प्रमोद खरेलको आवाज रहेको छ भने यस गीतको एरेन्जर उदय राज पौडेलले गरेका छन् । उनको गीत रेकर्डिङ भईसकेको र भिडियोसहित बजारमा छिट्टै आउन लागेको जानकारी आचार्यले गराएका छन् ।
‘आफ्ना शब्दहरूमा संगित भरेपछि शब्दरूपी मान्छे बोलेको महशुस हुन्छ । मेरो पहिलो प्रयासले गीतको रूपमा सार्थकता पाउने क्रममा रेकर्डिङ सम्पन्न भएको छ । चाॅडै भिडियोसहित आउनेछ ।’ उनले सामाजिक संजालमा खुसी साट्दै लेखेका छन् ।
उनी आइक्यानका पूर्व काउन्सिल सदस्यसमेत हुन् भने यसअघि उनले ‘श्री पाँच अम्बरे’ नामको चलचित्रसमेत निर्माण गरेका थिए । कला र साहित्यमा रुची राख्ने सिएका रुपमा परिचित सिए आचार्य हाल नेपाल दूरसंचार प्राधिकरणका संचालकसमेत हुन् ।
प्रतिक्रिया दिनुहोस्