Skip to content

दि ब्रिटिश कलेजले ‘सिमा’को पढाई सुरु गर्ने

ब्यबस्थापन सिक्षाका लागि आफ्नो छुट्टै पहिचान  बनाउंदै बिबिए , एमबिए, एसीसीए लगायतका विभिन्न कोर्षहरु सफलतापूर्ण अध्यापन गराइरहेको थापाथली , काठमाण्डौस्थित दि ब्रिटिश कलेजले चार्टड इन्स्टिच्युट अफ म्यानेजमेन्ट एकाउन्टेन्ट्स (सिमा ) द्वारा संचालित प्रोफेशनल सिक्षा सिमाको पढाइ सुरु हुने भएको छ।  यहि मार्च महिनादेखि कलेजले सिमाको पढाई सुरु गर्न लागेको कलेज स्रोतले सिए सरोकारलाई जानकारी दिएको छ।  प्लस टु , स्नातक, स्नातकोत्तर, सिए , एसीसीए  वा एमबिए उतिर्ण गरेका वा  पढ्दै गरेकाहरुले पढ्न मिल्ने सिमाको १७९ देश हरुमा मान्यता भएको  कलेज स्रोतको दाबी छ।  बिश्वभर २२७००० सदश्य तथा बिधार्थीहरु भएको सिमा अध्ययन सकीसकेपछी कुनै पनि कर्पोरेट क्षेत्रमा सहज प्रवेश हुने र सिमा अध्ययन का लागि ब्रिटिश कलेज भौतिक पूर्वाधार एवं गुणस्तरीय सिक्षाका लागि निकै नै चलेको ‘ब्र्यांड’ समेत रहेको कलेजले दाबी गरेको छ।  सिमा पढ्न चाहाने बिधार्थी हरुले दि ब्रिटिश कलेज ट्रेड टावोर थापाथलीमा सम्पर्क गर्न सकिने दि ब्रिटिश कलेजको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्