
एस्टर एडभाइजरी र ट्याक्सपर्टको संयुक्त आयोजनामा ‘व्यवसायले भोगेका करका समस्या बिषयक एक दिने कार्यशाला (वर्कसप) यहि असार ६ गते सम्पन्न हुने भएको छ । होटल हिमालय कुपन्डोलमा हुने यो कार्यशालामा नेपालको आयकर क्षेत्रमा ‘ट्याक्स गुरु’ का रुपमा चिनिएका दुई बरिष्ठ चार्टड एकाउन्टेन्ट भवनाथ दाहाल र मुकुन्द देव अधिकारीले संयुक्त कक्षा लिंदैछन् ।
चार्टड एकाउन्टेन्ट मुकुन्ददेव अधिकारी भन्छन्, ‘यो वर्कशपमा आउन इच्छुक प्रत्येक सहभागीलाई हामीले उहाँले छलफल गर्न चाहनुभएको करको समस्या सोधेका छौ । हाम्रो सन्दर्भ सामग्री र वर्कशप उहाँहरुले भन्नुभएको समस्यामा समाधान दिनेगरी संचालन हुन्छ । सहभागीले बुझ्न खोजेको बिषय के हो भनि पहिल्यै सोधी सोहि अनुरुप कक्षा संचालन गर्ने यो अवाधरणा करका तालिमहरुमा साच्चैनै पहिलो हो । ‘
कार्यशालामा आ.ब. २०७३/७४ का निम्ति कर कानुनमा भएका परिवर्तन सम्बन्धि कक्षाका साथै सर्वोच्च अदालतले व्याख्या गरेका कर कानुनका सिध्दान्तमा समेत छलफल हुने बताइएको छ । चार्टड एकाउन्टेन्ट अधिकारी भन्छन्, ‘हाम्रोमा आयकरमा मुद्दानै हुदैन भन्ने आम बुझाइ रहेको छ, तर सर्वोच्चले केहि मुद्दाहरुमा करका महत्वपुर्ण सिद्धान्तसमेत प्रतिपादित गरेको छ, जुन धेरैलाई थाहा छैन । त्यसैले हामी हाम्रो कक्षामा कस्तो अवस्थामा मुद्दामा जानु उपर्युक्त हुन्छ, के प्रशासकीय पुनरावलोकनमा नगई सोझै मुद्दामा जान सकिन्छ र अदालतले कर का विवादहरुलाई कसरि ब्याख्या गर्दछ भनी समेत छलफल गर्नेछौ ।’
यो वर्कसपमा उठेका करका समस्याहरुलाई प्रकाशित गर्ने समेत आयोजकको लक्ष्य रहेको बताइएको छ । फरक ढंगबाट संचालन हुन लागेको यो वर्कशपलाई सबैले सकारात्मक रुपमा लिएको आयोजकको दावी छ । कम्पनीका लेखा र वित्तमा काम गर्ने प्रोफेसनलहरु, लेखा व्यवसायी एवं करमा इच्छुक सबैका निम्ति उपर्युक्त हुने आयोजकको भनाइ छ ।
वर्कसप बारे थप विवरण आयोजकको वेबसाइट नेपाल ट्याक्स अनलाइन डटकम मा राखिएको एवं सोहि साइटबाट रजिस्ट्रेसन फर्म भरी आफ्नो सिट बुक गर्न सकिने र दर्ता प्रक्रिया केहि दिनका निम्ति मात्र खुला रहने आयोजकले जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्