
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सिएको दोश्रो तह ‘क्याप टु’को परिक्षाको तयारी गरिरहेका विद्यार्थीहरुका लागि खुसीको खबर छ । चार्टड एकाउन्टेन्ट अमृत गिरीले क्याप टुको ट्याक्सेसन विषयको २ महिने रिभिजन कक्षा सञ्चालन गर्ने भएका छन् ।
नयाँ बानेश्वरको समाज स्कुल अफ डेन्टिस्ट्री (सांग्रीला टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज नजिकै)मा सञ्चालन हुने रिभिजन क्लास दिनको दुइ घण्टा सञ्चालन हुनेछ । २ महिनामा क्याप टुको ट्याक्सेसन विषयका सम्पूर्ण कुराहरु ‘कभर’ हुनेगरी परिक्षा केन्द्रित कक्षा संचालन हुन लागेको हो ।
यहि २०७५ साल पुस ११ गते बुधबारबाट सञ्चालन हुन लागेको उक्त कक्षामा अहिले भर्ना खुलाइएको जानकारी सिए अमृत गिरीले गराएका छन् । ‘२६ डिसेम्बर बुधबारबाट कक्षा सुरु गर्दैछौं ।’ सिए गिरीले सिए सरोकारसँग भने, ‘यसअघिका ब्याचका विद्यार्थीहरुबाट निकै राम्रो रेस्पोन्स पाएका छौं । यसपाली पनि राम्रो प्रतिक्रिया पाउनेमा विश्वस्त छौं ।’
उनका अनुसार उक्त कक्षाका लागि प्रति विद्यार्थी रु. १० हजार शुल्क तोकिएको छ । कक्षामा सिमित सिट हुने भएकाले भर्नाका लागि ९८५१२४४५५० मा सम्पर्क गर्न सकिने उनको भनाइ छ । सिए गिरी प्राइम सिएमासमेत अध्यापनरत सिए हुन् ।
प्रतिक्रिया दिनुहोस्