
सुचीमा ओलीको नाम देखेपछी हामीले उनलाई फोन गर्यौँ । उनले शुक्रबार नै सबै बक्यौता तिर्न आफुले चेक काटेर स्टाफलाई दिएको तर स्टाफले आइतबार गरौँला भनेर काम नभ्याउँदा आइतबार नै आफ्नो नाम पत्रिकामा निस्केको दाबी गरे ।
‘मैले शुक्रबार नै सबै बक्यौता चुक्ता गर्नु भनेर चेक काटिसकेको थिएँ । स्टाफले आइतबार गरौँला भनेर गरिदिएनछ । अहिले १० बजे नै सबै बक्यौता चुक्ता गर्न पठाईसकेको छु ।’ उनले भने । यता उनका कर्मचारीले पनि आफ्नो गल्तीका कारण युद्ध ओलीको नाम पत्रिकामा आएको र यसले आफुलाई लज्जाबोध भएको बताएका छन् ।
‘मेरो गल्तीका कारण युद्ध सरको नाम पत्रिकामा निस्कियो । मलाई सार्है लज्जाबोध भएको छ । अहिले रकम दाखिला गरेर फर्कँदैछु ।’ उनले भने । आन्तरिक राजस्व कार्यालय, पुतलीसडकका अनुसार ओलीको लेखापरीक्षण फर्म पी. वाई.सी एन्ड एसोसियटस्ले ४० लाख ८२ हजार रुपैयाँ भ्याट नतिरेको हो । सो फर्म सन् २००२ मा दर्ता भएको साझेदारी फर्म हो ।
कार्यालयले हालसम्म पनि दाखिला गरेको वा गर्न नपर्ने प्रमाण पेस नगरकोले बक्यौता मूल्य अभिवृद्धि कर दाखिला गर्न भन्दै ओलीसहित २३५ फर्मका नाममा सूचना प्रकासित गरेको हो ।
प्रतिक्रिया दिनुहोस्