
- सिए सरोकार सम्बाददाता
काठमाडौँ – चार्टड एकाउन्टेन्ट सुयोग श्रेष्ठ सांग्रीला डेभलोपमेन्ट बैंकको सीइओमा नियुक्त भएका छन् । भारतीय बोर्डबाट सिए उतिर्ण गरेका उनी यसअघि एस डेभलोपमेन्ट बैंकमा कार्यरत थिए । एस डेभलोपमेन्ट बैंक मर्ज भएपछी बेरोजगार बनेका श्रेष्ठ अन्तत: सांग्रीलामा सीइओ भएका हुन् । उनी एसलाइ मर्ज गर्ने नेपाल इन्भेष्टमेन्ट बैंकमै जागिर खाने कुरा भएपनि बैंकले नलिएपछी उनी बेरोजगार थिए ।
उनी नेपाल इन्भेष्टमेन्ट बैंकमा कार्यरत सिए रबिन सिजापतिको बलियो लविङपछी बैंकको सीइओ पदमा नियुक्त भएका हुन् । बैंकमा डेपुटी सीइओ दिनेश थकालीले भने बैंकको संचालक समितिको व्यवहारमा चित्त नबुझेका कारण बैंक छोडीसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्