
काठमाडौं- नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमाचार्टड एकाउन्टेन्ट सुरेन्द्रभुषण श्रेष्ठ चयन भएका छन् । कम्पनीको ११३औं सञ्चालक समिति बैठकले सिए श्रेषलै सञ्चालक चयन गरेको हो । श्रेष्ठ नेपाल बंगलादेश बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत हुन् । उनीसँगै गरिमा विकास बैंकका उपमहाप्रबन्धक माधवप्रसाद उपाध्याय पनि क्लियरिङ हाउसको सञ्चालक चयन भएका हुन्।
यसअघिका सञ्चालक अनुपमा खुँजेली र प्रद्युमन पोखरले प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएपछि सञ्चालक पद रिक्त थियो । कम्पनीको सञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, बाणिज्य बैंकहरुबाट तीन जना, विकास बैंक, फाइनान्स कम्पनी र स्मार्ट च्वाइस टेक्नोलोजीबाट एक/एक जना सञ्चालक हुन्छन्।
प्रतिक्रिया दिनुहोस्