Skip to content

क्यान्डिडेट वाच-७ : सुजन श्रेष्ठलाई भोट किन दिने ? किन नदिने ? जित्ने सम्भावना कति ?

  • सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओलीसहित १६ जनाले उम्मेद्वारी दिएको सो चुनावको सरगर्मी मज्जैसँग बढेको छ अहिले । उम्मेदवारका कोठामा, अफिसमा, घरमा, रेष्टुरेन्टहरुमा चुनावी जमघट बाक्लो छ । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, र सन्तोष काफ्ले छन् ।
को हुन् सुजन श्रेष्ठ ?
खासै चर्चामा नआएका वा अदेखिएका सुजन श्रेष्ठ आफ्नो सर्कलमा सार्है प्रिय पात्र हुन् । उनले हालसम्म जे जे काम गरे, उनी त्यसमा सफल त छन् नै, उनी  इमान्दार कहलिएका व्यक्तिसमेत हुन् । कर्पोरेट सेक्टरमा समेत राम्रो दखल भएका श्रेष्ठ एनसेलका डाइरेक्टरसमेत हुन् । उनी हाल सुनिभेरा ग्रुपमा फाइनान्समा काम गर्छन् । लामो समय लेखा व्यवसायको अनुभवसमेत संगालेका श्रेष्ठ आइक्यानको विभिन्न समितिमा रहेरसमेत काम गरिसकेका सिए हुन् ।
उनको राम्रो पक्ष भनेको उनी गतिशील छन् । काममा पक्का छन् । कर्पोरेट सेक्टर बुझेका छन् । आइक्यानमा यस अघि पनि विभिन्न समितिमा बसेर काम गरेका सुजनले आइक्यानका समस्यामात्र होइन छैनन्, बरु आइक्यानका सम्भावनासमेत बुझेका छन् । आइक्यानको सम्भावना केलाउने र त्यसमा काम गर्न सक्ने थोरै सिएहरुमध्येका एक हुन् श्रेष्ठ ।
उनको नराम्रो पक्ष भनेको उनी सार्है पर्दा पछाडी बसेर काम गरेका सिए हुन् । यो नेतामा हुने अवगुण हो । एजेन्डा नै हेरेर भोट दिने न्युटरल भोट उनलाई नआउने पक्का छ।  किनकि बजारमा उनको नाम पहिलोपटक सुन्ने सिएहरु पनि धेरै देखिएका छन् । सुजन श्रेष्ठ को हो भन्ने थाहा नै नहुनेहरु पनि धेरै छन् बजारमा । आफ्नो यो नराम्रो पक्षलाई केहि सुधार्नसमेत उनले खासै मेहेनत गरेनन् । जुन उनका लागि घातक हुन सक्छ।  तर बजारमा जित्ने सिएहरुको लिष्ट बनाइयो भने त्यहाँ सुजन श्रेष्ठ पर्छन् । उनले युद्ध ओलीलगायतका अन्य केहि उम्मेदवारका भोट पनि काटेर आफ्नो बनाइसकेका छन्। 
           
सुजन श्रेष्ठलाई भोट किन दिने ? किन नदिने ?
आइक्यानमा कर्पोरेट क्षेत्र बुझेका मान्छेको खाँचो छ । त्यसैले म न्युटरल भोट हाल्छु, यसपाली कसैलाई दाइ भाइ भन्दिन भन्ने हो भने सुजन श्रेष्ठ र सुजन काफ्ले यसका उत्तम विकल्प हुन् । आइक्यान बुझेको मान्छेलाई भोट हाल्छु वा युवालाई प्रोत्साहन गर्छु भन्नेले पनि सुजन श्रेष्ठलाई भोट हाल्नुपर्छ । केहि फरक सोच भएका र आइक्यानमा गएर राम्रो काम गर्न सक्ने खुबी भएको युवालाई भोट दिन्छु भन्नेले पनि श्रेष्ठलाई भोट हाल्नुपर्छ भन्छन् उनी निकटहरु ।
तर जति कुरा गरे पनि आइक्यान राजनीति गर्ने थलो भईसकेको छ । अझ सटिक भएर भन्दा आइक्यान फोहोरी राजनीतिक थलो भईसकेको छ । यो फोहोरी राजनीतिमा नै खेलेर आफ्नो स्वार्थपूर्ति मात्र गर्छु भन्नेलेचाहिं सुजन श्रेष्ठलाई भोट दिएर काम छैन ।
समग्रमा,
उनको जीत लगभग निश्चित छ । तर यो समाचार तयार गर्दासम्म उनका केहि भोटरहरुले उनको साथ भित्रभित्रै छोडिसकेका छन् । यो कुराको भेउ समेत पाएका छैनन् श्रेष्ठले । उनका केहि क्याम्पेनरलाई समेत वेवकुफ बनाएर अन्तै तिर भोटर लाग्नु उनका लागि घातक छ । समयमा नै उनले त्यस्ता भोटरहरुलाई ‘म्यानेज’ गरे सुनमा सुगन्ध हुने थियो ।
 

प्रतिक्रिया दिनुहोस्