Skip to content

जून र धुलो

धुलो थियो कालो अँध्यारो रातको अँधेरीमा ।
जीवन थियो उसको अप्ठ्यारो फोहोरको मझेरीमा ।।
जब दिन सुरु हुन्थ्यो,पापी पाइलाले टेक्थ्यो उसलाई ।
जब दिन ढल्दथ्यो अनि कालो रातले छोप्थ्यो उसलाई ।।
एक रात चकमन्न अन्धकारमा तड्पिँदै थियो धुलो ।
त्यै बेला शीतल किरण आई उसलाई साहारा थियो ठूलो ।।
आँशु पुछ्दै धुलोले जब माथिहे¥यो गगनलाई ।
राम्री उजेली जूनले बढाइदिई उसको मुटुको धड्कनलाई ।।
आहा ! जूनको त्यो सुन्दर रुप … बिस्र्यो उसले पीडा ।
जून पनि मुस्कुराइदिई धुलोले उसलाई हेरिदिँदा ।।
एक अनिअर्को रातधुलोलाई ऊ ज्योतिदिन्थी ।
यस्तैमा एक दिनधुलोले उसलाई ग¥यो एक बिन्ती 
“उजाड थियो मेरो जीवन, तिमीआई सजाइदियौ ।
रुँदै थिएँम एकान्तमा, आँशु मेरो पुछिदियौ ।।
तिमीले मलाई जीवनदियौ, तिमी मेरो ईश्वर हौ ।
गल्तीबोले माफी, तिमी मेरो मनमन्दिरमा छ्यौ ।।”
जूनको मुहारबाट मुस्कान हराई आश्चर्य बादल छायो ।
जूनको मनमाअर्कै भएको अबधुलोले थाहापायो ।।
धुलो बाटआफ्नो नजर हटाई जूनअन्तै फर्की ।
भिजे उसका नयन अनि करुण श्वरले धुलोलाई भनी
“धर्तीको धुलो तिमी, म आकाशको ज्योत्स्नाहँु ।
धेरै ढिला भयौ तिमी, म अरु कसैको प्रार्थनाहँु ।।
दिन सक्दिन माया तिमीलाई,माफी म माग्दछु ।
तिमीलाई भेट्नु अघिदेखि नै सुर्यलाई म चाहन्छु ।।”
धुलोले भन्यो,“सुर्य म दिनमा देख्छु, तिमी आउँछ्यौ रातमा
धुलो हुँ म यस्तै रहँुला, कसरी रहौली तिमी उसको साथमा?
सुर्य त छ धेरै तातो, पछि तिमी जल्नेछ्यौ ।
उसको समीप पुग्नु अघि बीचमा नै झर्नेछ्यौ ।।”
जूनले भनी,“सुर्य तातै भए पनि उसलाई मैलेचाहिसकेँ ।
यो जूनीमा उसैको हुने कसममै लेखाइसकेँ ।।
पृथ्वीतिमीलाई चाहन्छे, बसेकी छे तिमीलाई नैमागी ।
तिमी उसको लागि म तिम्रो लागि यस्तै अरु कोही छ मेरोलागि ।।”
धुलोले भन्यो, “जे नै भनतिमी, जूनीभर तिमीलाई कुर्नेछु ।
सुर्यलाई तिमी माया गर या नगर, म सँधै तिमीलाई हेर्नेछु ।।
धुलो भई जूनलाई चाहने भूल महसुस नभएको होइन ।
तिमीलाई बिर्सी पृथ्वीलाई हेरुँ, त्यो महानता मसँग छैन ।।”
जूनले भनी, “तिम्रो माया अमर छ, बुझेकी छु मैले ।
तर ढिलो भइसक्यो, बल्ल थाहा पाएँ अहिले ।।
बिहानी पनि हुन लाग्यो, लौ अबजानेछु म ।
यो जूनीमा यस्तै भयो, अर्को जूनीमा तिम्रै हुनेछु म ।।”
२०६५
बिहानी हुने बित्तिकै सुर्य पूर्वबाट उदाएको धुलोले देख्छ । जून बिलाउँछे । त्यो दिनभरि सुर्यको तापले सा¥है पोल्छ धुलोलाई । त्यो रापमा उसको मुटु भत्भत् पोल्न थाल्छ । ती १२ घण्टाहरु धुलोलाई १२ जूनीझैँ लाग्दछ ।

जब साँझ पर्न थाल्छ, धुलोलाई जूनको यादले झन् सताउँछ । जूनत्यो रात आउँदिन । औँशीको त्यो रात धुलोले एक्लै रोएर बिताउँछ ।

भोलिपल्ट बिहान सुर्य त उदाउँछ तर बादल र कुहिरोले ऊ देखिँदैन । घामको रापले पनिधुलोलाई कम पोल्न थाल्छ । त्यो दिनभरि धुलोले सुर्यलाई देख्दैन ।

जब रात पर्छ, उसले जूनलाई नयाँ रुपमा देख्छ — New Moon जूनले धूलोको माया महसुस गरेर धुलोलाई शीतलकिरण दिई उसको जीवन सजाउन फेरि आई । धूलो सा¥है खुशीभयो । जूनले धुलोलाई धेरै माया गर्न थाली। 

प्रतिक्रिया दिनुहोस्