Skip to content

सिए सरोकार समाचार प्रभाव : सिए सुधीर शर्माद्वारा ‘होल्ड’ गरेको विद्यार्थीको कोरोना दाबीको रकम फिर्ता !

  • सिए सरोकार सम्बाददाता
निकै पूराना र अनुभवी सिएका रुपमा परिचित चार्टड एकाउन्टेन्ट सुधिर शर्माले आफ्नो सिए फर्म ‘एस एण्ड एस एसोसिएट्स’मा काम गर्ने आर्टिकल ट्रेनीहरुले कोरोना लागेपछि बीमा बापतको पाएको रकम होल्ड गरेको खबर सिए सरोकार डटकमले सार्वजनिक गरेपछि उनले सो रकम सम्बन्धित ट्रेनीलाई नै फिर्ता गरिदिएका छन् । समाचार सार्वजनिक भए लगत्तै उनले ती ट्रेनीहरुलाई आफुले होल्ड गरेको रकम फिर्ता गरेका हुन् ।
उनी स्वयमले पनि सो रकम आफुले फिर्ता गरेको पुष्टी गरेका छन् । ‘सबै रकम सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिएको छ ।’ सिए सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘यसमा हाम्रो बदनियत थिएन । तर गलत रुपमा हाम्रो कामको व्याख्या  भयो । त्यसैले मैले सबै रकम सबन्धित व्यक्तिलाई नै फिर्ता गरिदिएँ ।’
https://www.casarokar.com/2020/12/S-S.html

प्रतिक्रिया दिनुहोस्