Skip to content

एक्यानले SAVE OUR PROFESSION अभियान सुरु गर्ने


लेखापरिक्षण गरेकै आधारमा लेखा ब्यबसायी पक्राउ पर्ने कार्य भएको र
त्यस्ता कार्यले लेखा ब्यवसायलाई नै बचाउनु पर्ने बाद्यात्मक स्थिती आएकाले
एक्यानले अभियान सुरु गर्ने समाचार आएको छ
। एभरेष्ट इन्सुरेन्स प्रकरणमा लेखा परिक्षक समातिएपछी नेपालमा लेखा
ब्यवसायमै आच पुगेकाले त्यस्ता कार्यहरुलाई तुरुन्त रोक्ने एक्यानले
आन्दोलनको कार्यक्रम भोली घोषणा गर्ने भएको छ । भोली आयोजना हुने ब्रिहत
पत्रकार सम्मेलन मार्फत एक्यानले सबै जसो सरकारी निकायका को लेखा परिक्षण
ठप्प गर्ने गरी पेन डाउनको कार्यक्रम घोषणा गर्ने बुझिएको छ । सिए
सरोकारसँग कुराकानी गर्दै एक्यान प्रतिनिधिले अडान सँग मिलेर एक्यान कडा
आन्दोलनमा उत्रिन लागेकाले सबै पक्षलाई सहयोग गर्न आग्रह गर्दै लेखा
ब्यवसायलाई सम्रक्षण गर्नु पर्ने बेला आएकाले सबैको सहयोग सराहनिय हुने
बताइएको छ । एक्यानको भोली ब्रिहत पत्रकार सम्मेलनमा आन्दोलनका कार्यक्रम
घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्