
- सिए सरोकार सम्बाददाता
काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाई नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बिवेक झा आफ्नो कार्यकाल सकेर बाहिरिएपछि रिक्त रहेको प्रमुख कार्यकारी पदमा प्रसाइ नियुक्त भएका हुन् ।
कम्पनीको सञ्चालक समितिको बैंठकले माघ २७ गते मंगलबार उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । प्रसाइको नियुक्तिपछि बीमा समितिसँग स्वीकृति माग गरिएको छ । उनी सोही कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृत थिए । प्रसाईसँग नियामक निकाय बीमा समितिमा काम गरेको अनुभव पनि छ ।
प्रतिक्रिया दिनुहोस्