
- सिए सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओलीसहित १६ जनाले उम्मेद्वारी दिएको सो चुनावको सरगर्मी मज्जैसँग बढेको छ अहिले । उम्मेदवारका कोठामा, अफिसमा, घरमा, रेष्टुरेन्टहरुमा चुनावी जमघट बाक्लो छ । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, र सन्तोष काफ्ले छन् ।
को हुन् बिनय सन्तोष लम्साल ?
सन्तोष लम्साल नेपाल चार्टड एकाउन्टेन्ट्स संघका पूर्व महासचिव हुन् । हाल प्राक्टिसमा रहेका उनी सिए क्षेत्रका ‘खरो राजनीतिज्ञ’ पनि हुन् । एक्यानमा इतिहासकै सबैभन्दा रमाइलो चुनावमा चिट्ठामा पद जितेका उनी त्यसपछी ए क्यानको राजनीतिमा खास लागेनन् । तर यसपाली आइक्यानको चुनाव हारियो भने एक्यानको अध्यक्षमा उनी उठ्दैछन् भन्ने चर्चा पनि छ । भलै, यसपाली उनले आइक्यानको चुनावका लागि राम्रो तयारी गरेका छन् ।
उनी नेपाल बोर्डकै प्रोडक्ट हुन् । तर उनी प्रोडक्ट नेपाल बोर्डका गुट अन्तैतिरका भनेर चिनिन्छन् । यसो त बेला बेला उनी खुलेरै भन्ने गर्छन्, ‘मलाई आइक्यानकै भएकै कारण भोट दिनुपर्दैन ।’ तर विद्यार्थीदेखि अहिलेसम्म उनले आइक्यानलाई मज्जासँग बुझेका छन् । आइक्यानको प्रोडक्ट आइक्यानको अध्यक्ष बन्नेगरी चुनावमा कोहि लागेको छ भने उनी लम्साल नै हुन् । तर उनले आफु अध्यक्षको दाबेदार नरहेको प्रष्टीकरण भने दिंदै आएका छन् ।
उनको राम्रो पक्ष भनेको उनी सबैलाई मिलाउन सिपालु छन् । आइक्यानका साथीहरुलाई म त तिमीहरुकै हो नि भन्न सक्ने र आइसीएआइको गुटमा अव आइक्यान भनेर हुँदैन हामी सबै उही हो भन्न सिपालु छन् उनी । यहि कारण पनि उनले राम्रो संख्यामा भोट बटुलीसकेका छन् । अर्कोतर्फ उनी हक्की स्वभावका पनि छन् ।
उनको मुख्य समस्या भनेको मापसे हो । उनी मापसे गरेर सिए क्षेत्रका बारेमा अनेक कमेन्ट गर्छन् । रात विरात आइक्यानका मान्छेहरुलाई थर्काउँछन्, पत्रकारलाई अनेक मेसेज लेख्छन्, विदेशमा बस्ने नेपाली सिएहरुसँग झगडा गर्छन् । पिकनिकमा लड्ने गरी खाएर अरुका कुरा काट्छन् । तर उनी फ्रेस हुँदा साच्चै नेता जस्ता छन् ।
सन्तोष लम्साललाई भोट किन दिने ? किन नदिने ?
संगत बढी भएर होला सायद, उनको नेचर पनि प्रकाश लम्सालजस्तै छ । प्रकाश लम्सालको कार्यकाल सबैले देखेका छन् । उनी आइक्यानमा विवादित अध्यक्षहरुमध्येका एक पर्छन् । उनकै शैलीमा सन्तोष लम्साल पनि छन् । आइक्यानमा अव आइक्यान-आइसीएआइको राजनीति सक्काउनुपर्छ भन्नेले उनलाई भोट दिनुपर्छ । तर आइक्यानमा आइक्यानलाई नै हेप्ने जुन प्रवृति छ, त्यसलाई हटाउने उद्देश्य हो भने उनलाई भोट दिएर काम छैन । उनका एजेन्डाका फेहरिस्त लामै छन् । तर उनी आफुलाई ठिक लागे मात्र अगाडी बढ्छन् । समग्रमा कुनै विषयलाई खास हेर्दैनन् । चुनाव सहमतिमा गरौँ भन्ने कुरालाई आन्तरिक रुपमा नमान्ने व्यक्तिमध्येका एक उनी पनि थिए ।
समग्रमा,
उनको जीत लगभग निश्चित छ । तर आइक्यानका प्रोडक्टहरु अन्तिम समयमा एक भईदिए भने उनलाई गाह्रो पर्छ । यहि कुरा बुझेर नै उनले आइक्यानको सबै भन्दा बढी पैरवी गर्ने सिएलाई आफ्नो प्रस्तावक बनाएका छन् । यसले पनि उनी कतिसम्म चलाख छन् भन्ने देखाउँछ ।
प्रतिक्रिया दिनुहोस्