
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को नवौं काउन्सिलका लागि आइतबार र सोमबार निर्वाचन हुँदैछ । १० पदका लागि सो चुनावमा १६ सिएले उम्मेद्वारी दिएका छन् । आइक्यानका हालका उपाध्यक्ष युद्धराज ओलीसहित १६ जनाले उम्मेद्वारी दिएको सो चुनावको सरगर्मी मज्जैसँग बढेको छ अहिले । उम्मेदवारका कोठामा, अफिसमा, घरमा, रेष्टुरेन्टहरुमा चुनावी जमघट बाक्लो छ । उम्मेद्वारी दिनेमा ओलीसहित पियुष आनन्द, सुरेन्द्र श्रेष्ठ, बिनय प्रकाश श्रेष्ठ, क्षेत्र गोपाल प्रधान, सन्तोष लम्साल, सुजन श्रेष्ठ, कुनाल क्याल, सतिश चन्द्र लाल, सुजन कुमार काफ्ले, प्रविन कुमार झा, जय नारायण प्रतिहस्त, रामचन्द्र खनाल, भाष्करसिंह लाला, अमन उप्रेती, र सन्तोष काफ्ले छन् ।
को हुन् सन्तोष काफ्ले ?
सन्तोष काफ्ले पूराना सिए हुन् । उनी हाल आइमार्क नामक कम्पनीको लिड गरिरहेका छन् । लामो समय विदेशमा रहेर काम गरेको अनुभव भएका काफ्ले निकै खारिएका र पूराना सिए हुन् । उनीजतिको मान्छे आइक्यानमा पुग्ने हो भने र उनले गर्न सक्ने जति काम गर्ने हो भने आइक्यान प्रविधि, र पोलिसीगत रुपमा कायापलट नै हुन्छ । हेम काफ्ले उनका प्रस्तावक हुन् भने ऋषि पौडेल उनका समर्थक हुन् । लामो समय सिए क्षेत्रभन्दा पनि आफ्नो काममा लागेका उनी हाल आइक्यानको काउन्सिल मेम्बरमा उठेका छन् । अनुभव हेर्ने हो भने उनीजतिको हरेक क्षेत्रमा अनुभव भएका थोरै सिए उम्मेदवार छन् । तर लामो समय ओझेलमा भएका कारण अहिले उनलाई चुनावमा स्वाभाविक गाह्रो भएको छ । त्यसमाथि उनको पनि अस्वाभाविक रुपमा मत काटिएका छन्, अन्तिम आवरमा। यसलाई लिएर अव उनले चुनावी परिसरमै पनि मेहेनत गर्नुपर्ने देखिन्छ ।
सन्तोष काफ्लेलाई भोट किन दिने ? किन नदिने ?
आइक्यानको साच्चै प्रगति चाहानेले आँखा चिम्लिएर एक भोट उनलाई दिए हुन्छ । उनी काम गर्न सक्ने र काम गर्न खोज्ने दुवै नेचर भएका सिए हुन् । सिए क्षेत्रबाट ओझेलमै परेर भएपनि उनले सार्है राम्रो काम गरेका छन् यो बीचमा । कर्पोरेट सेक्टरमा उनको हुन लागेको सम्भावित उदय सार्है लोभलाग्दो छ । आइक्यानलाई प्रविधिमा उनले धेरै माथि लैजान सक्छन् । कहिलेकाहीं ओझेलमा परेका व्यक्तिले कायापलट गर्न सक्छ । उनी त्यहि सम्भावना बोकेका व्यक्ति हुन् । यतिको मान्छेलाई केहि भोट नपुगेर चुनाव हार्न सक्ने स्थिति भने छ। त्यसैले उनलाई सहयोग गर्नु बेठिक हुँदैन ।
तर शिव परियारको गीत जस्तै स्वाभाविक गुनासो छ धेरैको- ‘कहाँ थियौ तिमी रंगमंच झन्डै उठेपछि आयौ ?
समग्रमा
उनी जित्ने उम्मेदवार हुन्। तर अन्तिम दिन उनको भोट काटिएको रफ्तार हेर्ने हो भनेचाहिं यसै भन्न सकिने अवस्था रहेन । यद्यपी उनी हार नजिक भने छैनन् । जीत कै नजिक छन्। तर कुरो त्यहि हो, अव मैदानमै केहि भोटहरु बटुल्न आवश्यक छ । आखिर चुनाव न हो ।
प्रतिक्रिया दिनुहोस्