
भोलि भन्दै कति टार्छस, हेलो सरकार ग्याँस चाहियो !
भोक भोकै कति मार्छस, हेलो सरकार ग्याँस चाहियो !
तिम्रा ति महल मात्र देश होईन बुझ छिटो,
अफ्ट्यारोमा कति पार्छस , हेलो सरकार ग्याँस चाहियो !
अफ्ट्यारोमा कति पार्छस , हेलो सरकार ग्याँस चाहियो !
पेट्रोल दिनस्बि, पानी् दिनस्, दिइस त बस् अभाव मात्रै
जनतासँग कति हार्छस, हेलो सरकार ग्याँस चाहियो !
जनतासँग कति हार्छस, हेलो सरकार ग्याँस चाहियो !
आज भोलि भन्दा भन्दै हप्तै गयो त्यसै गरी,
कुन कुरा कहाँ भाँड्छस्, हेलो सरकार ग्याँस चाहियो !
सुनेको थिएँ छापा पनि मार्दैछस् रे पसल तिर
तेरो गोदाम कहिले फांड छस्, हेलो सरकार ग्याँस चाहियो !
प्रतिक्रिया दिनुहोस्