
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) ले नै सहकारी ऐन विपरित बनाइएको वासलातमा कैफियत नै उल्लेख नगरी सहि गरेको भन्दै चार्टड एकाउन्टेन्ट ज्ञानेन्द्र बहादुर भारी विवादमा तानिएका छन् । आर्थिक बर्ष २०७४-७५ को लेखापरीक्षण प्रतिवेदन हेर्दा नेफ्स्कुनले सहकारी ऐन विपरित काम गरेको पाइएपछी लेखापरिक्षक भारी विवादमा तानिएका हुन् ।
पूरानो ऐन २०४८ अनुसार पूँजीकोषको १० गुणासम्म बचत संकलन गर्न पाउने भएकोमा हाल नयाँ एन २०७४ अनुसार १५ गुणा सम्म बचत संकलन गर्न पाउने नियम छ । आ. ब. २०७४/७५ को लेखापरिक्षण प्रतिवेदन हेर्ने हो भने संघको कुल पूँजी कोष २३ करोड ३५ लाख देखिन्छ । जसको १५ गुणाले हिसाव गर्दा बढिमा ३ अर्ब ५० करोड २५ लाख बचत नघाउन पाइदैन वा शेयर पूँजी बढाउनु पर्छ । तर संघले ४ अर्ब २७ करोड ७४ लाख बचत संकलन गरेको वित्तीय विवरणमा प्रस्तुत गरिएको छ । जुन कुल पूँजी कोषको १८ गुणा भन्दा माथि देखिन्छ ।
सहकारी एन २०७४ को परिच्छेद ७ को दफा ५० को बुंदा न ७ मा उक्त भएको व्यवस्थालाई नेफ्स्कुनजस्तो संस्थाले मिच्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अरु सहकारीहरुलाई नैतिकताको पाठ सिकाउने नेफ्स्कुनको नेतृत्वले भने यसलाई ख्याल गरेन वा जानी जानी यस्तो गर्यो भन्ने चर्चा अहिले नेपाली सहकारी क्षेत्रमा छ ।
हेर्नुहोस् ऐनमा भएको स्पष्ट व्यवस्था :

यसरी नियम मिचेरा बनेको वासलातमा सही गरेको भन्दै चार्टड एकाउन्टेन्ट ज्ञानेन्द्र बहादुर भारीकोसमेत आलोचना भएको छ । विभिन्न सेयर सदस्यहरुले सामाजिक संजालमै अडिटरको आलोचना गरेका छन् । नेफ्स्कुनले नियम मिचेर तयार गरेको वासलात :
![]() |
भारीले आफ्नो प्रतिवेदनमा सहकारी ऐन तथा सहकारी मापदण्ड अनुसार रहेको दावी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्