Skip to content

नझुक्कीनुहोस् है ! राससले बनाएर थुप्रै पत्रिकामा आएको यो समाचारमा त्रुटी छ :

सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) ले लेखेको समाचार हो यो । तर समाचारमा गलत कुरा लेखिएको छ । कार्यक्रम कसको हो भन्ने समेत जानकारी नराखी राससका सम्बाददाताले मनलाग्दी लेखेका छन् । हेरौं कहाँ कहाँ गलत छ यो समाचार :  
  • नेपालमा नेपाल चार्टड एकाउन्टेन्ट्स एसोसिएसन भन्ने कुनै पनि संस्था छैन ।
  • समाचारमा  एकाउन्टेन्ट्स पनि असुद्ध लेखिएको छ ।
  • समाचारमा लेखिएको जस्तो महेश खनालको संयोजकत्वमा नयाँ कार्य समिति चयन भएको होइन ।

खास के हो त तथ्य ?

साउन सात गते नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का नयाँ अध्यक्ष र उपाध्यक्षको सपथ ग्रहण कार्यक्रम थियो । कार्यक्रममा  आइक्यानका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षले पद तथा गोपनियताको सपथ लिएका थिए ।
सामाजिक संजालमा प्रतिक्रिया : पत्रुकारको बिगबिगी 
राष्ट्रिय समाचार समितिले तयार गरेको यो समाचार आज विभिन्न पत्रपत्रिकामा छापिएपछि विभिन्न सिएहरुले यसको सामाजिक संजालमा विरोध गरेका छन् । केहि सिएहरुले राससको यो समाचारलाइ नबुझी गरिने सरकारी संचार माध्यमको गलत अभ्यास भनेका छन् भने कतिले ‘पत्रुकार’ को बिबिगी भन्दै यो समाचारलाइ सामाजिक संजालमा धेयर गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस्